+
+

प्रधानमन्त्रीको निर्वाचन २१ गते, सूचना टाँसेर प्रक्रिया सुरु गरिने

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १९ गते १६:३७

१९ जेठ, काठमाडौं । विपक्षी दलहरुको विरोधका बीच सूचना टाँसेर प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु गरिने भएको छ ।

२१ गते प्रधानमन्त्रीको निर्वाचन गर्ने गरी सूचना टाँसिने सभामुख ओनसरी घर्तीमगरले जानकारी दिइन् ।

सहमतिको प्रयासमा विहान कार्यव्यवस्था परामर्श समितिको र दिउँसो तीन दलको बैठक बोलाइएको थियो । तर, सत्तापक्ष र विपक्षी दलहरुबीच सहमति हुन सकेन ।

सत्तारुढ दलहरुले राष्ट्रपतिले बहुमतीय सरकार गठनका लागि आहृवान गरिसकेकाले प्रक्रिया अघि बढाउन सुझाव दिए । एमालेले संसद अवरोध जारी राखे सूचना टाँसेर भएपनि प्रधानमन्त्री निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने उनीहरुले बताए ।

तर, एमाले नेताहरुले भने संसदबाटै निर्वाचन प्रक्रिया अघि बढाउनु पर्ने मत राखेका छन् ।

भरतपुरमा मतगणना सुरु गर्न माग गर्दै एमालेले संसद बैठक अवरुद्ध पार्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?