+
+

मेयरको टिकट नपाएपछि कांग्रेस नेता अनसनमा

आरपी सुवेदी आरपी सुवेदी
२०७४ जेठ १९ गते १९:३८

१९ जेठ, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको टिकट नपाएपछि नेपाली कांग्रेस बाँकेका एक नेता आमरण अनसनमा बसेका छन् ।

उनले क्षेत्र नं. ३ का क्षेत्रीय सभापति र सांसद बादशाह कुर्मीले एकपक्षीय रुपमा उम्मेदवार सिफारिस गरेको भन्दै उनीहरुमाथि कारबाहीको माग गरेका छन् । राजु थापा मेयरका उम्मेदवारका दाबेदार थिए ।

तर, उनको नाम सिफारिस नभएपछि उनले शुक्रबार वीपी स्मृर्ती भवनको हलमा अनसन थालेका छन् । पार्टीमा पुराना र पार्टीप्रति बफादार नेता कार्यकर्तालाई किनारा लगाउने प्रबृत्तिको विरोधमा अनसन बसेको उनले बताए ।

केन्द्रले बनाएको विधी र प्रकृयालाई क्षेत्रले लत्याएको भन्दै उनले कारबाहीको माग गरे । ‘मेरो अनसनले पार्टीको जिल्लादेखि केन्द्र तहसम्मका नेताहरुको ध्यान खिचोस् भनेर पनि हो । हामीले विधी र प्रकृया नपुर्‍याई गरिएको कार्यको बिरोध गरेका हौं-उनले भने ।

क्षेत्रले विधि र प्रकृया मिचेर गरेको निर्णय खारेज, पुराना र पार्टीमा कटिबद्ध नेता कार्यकर्तालाई टिकटमा पहिलो प्राथामिकता र पार्टीको हितबिरुद्ध लाग्ने क्षेत्रीय सभापति गुप्ता र संांसद कुर्मीलाई कारवाहीको माग गरेका छन् ।

थापाको अनसन प्रति सर्मथन जनाउँदै पूर्वजिल्ला सभापति गजेन्द्र हमाल, नेपालगञ्ज-४ बुथ ईंकाई सभापति भैरब ंसिह हमाल, जानकी गाउँपालिका-३ बुथ ईकाई सभापति अब्दुल रसिद बागवानसमेत करिव ३ दर्जन बढी महासमिति सदस्य, जिल्ला सदस्य, बुथईकाई सभापति, क्षेत्रीय समितिका पदाधिकारीहरुले ऐक्यबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?