+
+

प्रधानमन्त्री निर्वाचनबारे जानकारी नै छैनः एमाले

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २० गते १६:२२

२० जेठ, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री निर्वाचनको प्रक्रियामै आफ्नो असहमति रहेको बताएको छ ।

सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ । बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको निर्वाचनबारे जानकारी नै नभएको प्रतिक्रिया दिए ।

स्थायी कमिटी सदस्य शंकर पोखरेलका अनुसार ‘राष्ट्रपतिको पत्र संसदमा टेबल नगरी प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अघि बढ्न नसक्ने बताए । उनले भने, ‘संसदको अवरोध खुलेकै छैन । भोलि संसद चल्दैन ।’

भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्नुपर्ने माग राख्दै एमालेले संसद अवरुद्ध पार्दै आएको छ । एमालेको अवरोधका बीच संसदले सूचना टाँसेर प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?