Comments Add Comment

थप उपचारका लागि खगेन्द्रलाई काठमाडौं लगियो, मनमोहन अस्पतालमा उपचार सुरू

२१ जेठ, पोखरा । विश्वका होचा व्यक्तिको रुपमा विश्व किर्तिमान राखेका खगेन्द्र थापा मगरलाई थप उपचारको लागि राजधानी लगिएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा १२ दिन राखेर उपचार गर्दापनि खगेन्द्रको स्वास्थ्यमा सुधार नआएपछि उनलाई थप उपचारको लागि काठमाडौं लगिएको हो ।

उनलाई मनमोहन मेमोरियल मेडिकल कलेजमा भर्ना गरिएको खगेन्द्र थापा मगर प्रतिष्ठानले जनाएको छ ।

मनमोहन मेमोरियल मेडिकल कलेजका अध्यक्ष तथा पूर्व मन्त्री राजेन्द्र पाण्डेले निःशुल्क उपचार गरिदिने भन्दै काठमाडौं बोलाएपछि खगेन्द्रलाईर् आईतबार दिउँसो बुद्ध एयरको जहाजबाट काठमाडौं लगिएको हो ।

खगेन्द्रको उपचारमा संलग्न चिकित्सक डा.सुनिलकुमार चौधरीले खगेन्द्रको शरिरमा रगतको मात्रा कम भएको, जन्मजात कम तौल भएको कारणले गर्दा जेनेटिक समस्या, मुटुको घड्कन बढी चलेको लगायतको प्रभारम्भिक चरणमा समस्या देखिएको बताए । उनले एक दिनको उपचार पछि मात्रै उनको स्वास्थ्यबारे थप बताउन सकिने उनले बताए ।

खगेन्द्रलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्ष -आईसियु) राखेर १२ दिन देखि उपचार गरिँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment