+
+

एमाले फर्किए लगतै मुनी साहलार्इ मेयरको टिकट

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २१ गते १९:२३

२१ जेठ, सिरहा । नेकपा एमालेले मधेस आन्दोलनको उद्गमथलो लहान नगरपालिकाको मेयरमा भर्खरै माओवादीबाट प्रवेश गरेका मुनी साहलाई उम्मेदवार बनाएको छ ।

साह २०५४ को स्थानीय चुनावमा एमालेबाटै मेयर निर्वाचित भएका थिए । उनी २०७० को संविधानसभा चुनावमा सिराहा १ बाट माओवादीको उम्मेदवार भई करीव ७ सय मत अन्तरमा पराजित भएका थिए । स्थानीय चुनावको मुखमा एमाले फर्किएका उनलाई मेयरको टिकट दिइएको छ ।

लहानाका प्रभावशाली नेता भएकाले चुनाव जित्ने रणनीतिका साथ उनलाई उम्मेदवार बनाइएको एमालेका जिल्ला अध्यक्ष प्रमोद यादवले बताए । लहानको उपमेयरमा एमालेले सरियार चौधरीलाई उठाएको छ ।

एमालेले गोलबजार नगरपालिकाकेा मेयरमा श्याम श्रेष्ठ र कल्याणपुर नगरपालिकाको मेयरमा रामपुकार साहलाई उम्मेदवार तय गरेको छ । त्यस्तै मिर्चैया नगरपालिकको मेयरमा प्रदिप महासेठ र सुखीपुर नगरपालिकाको मेयरमा रामअवतार यादवलाई मेयर उम्मेदवार बनाएको छ । यादव गत संविधानसभा चुनावमा करीव एकसय मतको अन्तरमा कांग्रेसका रामचन्द्र यादवसँग पराजित भएका थिए ।

जिल्ला सदरमुकाम रहेको सिरहा नगरपालिकामा एमालेले डा.नविन यादवलाई उम्मेदवार बनाएको छ । उनी पनि एक साताअघि मात्र एमाले प्रवेश गरेका हुन् ।

जिल्लाको धनगढीमाई नगरपालिकामा पनि मेयरका आकांक्षी धेरै भएपछि प्रदेश कमिटीमा पठाइएको छ ।

एमालेले बिष्णुपुर गाउँपालिका अध्यक्षमा सत्यनारायण यादव, कर्जन्हाको अध्यक्षमा रामदयाल महतो, नरहा गाउँपालिका अध्यक्ष्ँमा रामशरण यादवलाई उम्मेदवार बनाउने तय गरेको छ । त्यस्तै सखुवान नकारकट्टीको अध्यक्षमा केदारनाथ यदाव,औरहीमा शुभशरण यादव र भगवानपुरमा उग्रनारायण यादवलाई उम्मेदवार बनाइएको छ ।

जिल्ला अध्यक्ष यादवका अनुसार अर्नमा गाउँपालिका अध्यक्षमा चन्देश्वर मण्डल, लक्ष्मीपुरपतारीमा देवनारायण साह र नवराजपुर गाउँप्ालिकाको अध्यक्षमा सुरेन्द्र यादवको नाम तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?