Comments Add Comment

प्रधानमन्त्री कपमा एपिएफ सेमिफाइनलबाटै बाहिरियो

२२ जेठ, काठमाडौं । वर्षाले प्रधावित खेलमा डकवर्थ लेविस नियमका आधारमा एपिएफलाई हराउँदै नेपाल पुलिस क्लव प्रधानमन्त्री कप एकदिवशीय क्रिकेटको फाइनलमा प्रबेश गरेको छ ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित ओभरमा ९ विकेट गुमाएर २५२ रन जोडेको थियो । सुरुवाती जोडी सुनिल धमला र अमित श्रेष्ठले ६७ रनको साझेदारी गर्दै पुलिसलाई राम्रो सुरुवात दिएका थिए । यस्तै सुनिल र अमितले समान २६-२६ रन बनाए ।

९७ रन बनाउँदा तीन विकेट गुमाएको पुलिसका लागि कुशल भुर्तेलले ५२ तथा सिद्धान्त लोहनीले ४० रनको योगदान गरे । यस्तै दिपेन्ऽसिंह ऐरीले ३७ रन बनाउदा मञ्जित श्रेष्ठले २२ रन थपे । पुलिसले २२ अतिरीक्त रन पाएको थियो ।

बलिङ तर्फ एपिएफका अनील शाहले तीन तथा कप्तान ज्ञानेन्ऽ मल्ल र अरुण ऐरीले समान दुई दुई विकेट लिए ।

जवाफमा मध्यम सुरुवात गरेको एपिएफको स्कोर २८.३ ओभरमा ६ विकेट गुमाएर १३८ रन बनाउँदा खेल वर्षाले रोकियो ।

३४ रन हुँदा पहिलो विकेट गुमाएको एपिएफले ६४ रन हुँदा दोस्रो विकेट खेर फालेको थियो । त्यसपछि थप १२ रन जोड्दा उसले अर्को विकेट गुमायो ।

एपिएफका लागि सन्दीप सुनारले ३६ तथा कप्तान ज्ञानेन्ऽ मल्लले ४५ रन बनाए । यस्तै पृथु बास्कोटाले १९ र सुवास खकुरेलले १७ रन जोडे ।

निरन्तरको वर्षाका कारण अम्पायरले डकवर्थ लेविस नियमका आधारमा खेल २८ ओभरमा झारे र एपिएफलाई १७३ रनको नयाँ लक्ष्य दिए ।

तर एपिएफले त्यति ओभरमा एक सय ३८ रनमात्र बनाएकाले पुलिस ३४ रनले विजयी भयो । पानीले एपिएफलाई ठूलो घाटा बनायो । उपाधिका लागि पुलिसले आर्मी र पश्चिमाञ्चलबीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल मंगलबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment