Comments Add Comment

प्रधामन्त्री कप क्रिकेटः आर्मीसँग बदला लिन पुलिस तयार


२४ जेठ, काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबसँग बदला लिन तयार रहेको बताएको छ ।

दुई विभागीय टोली आर्मी र पुलिसको फाइनल भिडन्त भोलि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा दुबै टोलीले उपाधिका लागि खेल्ने बताएका छन् । साथै दुबै टोलीका कप्तानले अर्को विभागीय टोलीविरुद्ध खेल्नु पर्ने भएकाले निकै दबाव हुने बताए ।

पुलिसका कप्तान मञ्जित श्रेष्ठले आर्मीका ब्याट्सम्यानहरु राम्रो र्फममा रहेको बताए भने आर्मीका कप्तान विनोद भण्डारीले पुलिसका पनि केही ब्याट्सम्यानले राम्रो खेलिरहेको बताए । तर, लेफ्ट आर्म स्पिनरसँग जुन टोलीका ब्याट्सम्यानेल खेल्न सक्छ, खेल उसले नै जित्ने उनको विश्लेषण थियो ।

पुलिसका कप्तान मञ्जितले भने समूह चरणमा व्यहोरेको हारको बदला लिँदै उपाधि जित्न आफूहरु तयार रहेको बताए । समूह चरणमा भएको भेटमा आर्मीले पुलिसलाई ७ विकेटले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment