+
+

निर्माणमा ‘असल निर्माण कार्यको अभ्यास’ अपनाइदै

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २५ गते १४:२२

२५ जेठ, काठमाडौं । सोसाइटी अफ नेपलिज आर्किटेक्ट र हामा स्टील को संयुक्त तत्वाधानमा “असल निर्माण कार्यको अभ्यास” विषयक एकदिने अन्तक्रिया कार्यक्रम यही जेष्ठ २६ गते होटल वारही पोखरामा आयोजना हुने भएको छ ।

यस कार्यक्रमको सह आयोजकका रुपमा नेपाल इन्जिनियर्स एशोसियसन पोखरा च्याप्टर, सोसाईटी अफ कन्सलटिङ्ग आर्किटेक्ट एण्ड इन्जिनियरिङ्ग एशोसियसन अफ नेपाल रहेको छ ।

हामा स्टीलले निर्माण उद्योगको उत्थान र सम्वद्र्धनको लागि अथक प्रयासको थालनी गरेको २५ वर्ष पुगिसकेको छ । निर्माण कार्यहरुमा उच्चत्तम र नवीन प्रविधिहरुको प्रयोग गर्दै आएको हामा स्टील, गुणस्तरमा कुनै पनि किसिमको सम्झौता र कमी ल्याउन नहुने पक्षमा सदैव सचेत रहेको कुरा कार्यक्रम मार्फत इन्जिनियर, आर्किटेक्ट, योजनाविद् निर्माण कम्पनीहरु र सर्वसाधारण लाई जानकारी गराइने छ।

संघीयता र स्थानिय तहहरुको गठन, नयाँ नेतृत्वहरुको चयन भइसकेको अवस्थामा अबको निर्माण कार्यहरुको लागि “असल निर्माण कार्यको अभ्यास” एउटा महत्वपूर्ण थालनीको रुपमा अगाडी वढ्ने र सवै सरोकारवालाहरुले अंगिकार गर्ने अपेक्षा कमपनीले गरेको छ ।

हामा स्टीलको यस सामाजिक अभियानको फाईदा र अनुसरण सम्पूर्ण निर्माण उद्योगहरु र सरोकारवाला पक्षहरुले पाउने र त्यसको प्रत्यक्ष असर सर्वसाधारणहरुले अनुभुति गर्न सक्ने अपेक्षा गरिएको छ । कार्यक्रममा नयाँ नेपाल निर्माणको लागि एउटा सफल अभियानको रुपमा सञ्चालन गर्नु पर्ने प्रतिवद्धता गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?