Comments Add Comment

जब पिज्जाले दिलायो विश्वविद्यालयमा भर्ना

तपाइँका लागि पिज्जाले के काम गर्न सक्ला । यसको एउटामात्र काम भनेको तपाइँको भोक मेटाउने त हो । वा कोही भोकाएका मानिसहरुलाई दिने वा बेचेर पैसा कमाउने ।

तर अमेरिकामा भने पिज्जाले एकजना किशोरीलाई त्यहाँको प्रतिष्ठित विश्वविद्यालयमा भर्ना गराइदिएको छ ।

पिज्जाकै कारण एकजना हाइस्कुलकी छात्राले विश्वकै अब्बल विश्वविद्यालयमध्येको एक याले विश्वविद्यालयमा भर्ना पाएकी छिन् ।

मानिसहरु राम्रो कलेज वा विश्वविद्यालयमा पढ्नका लागि के मात्र गर्दैनन् ? घण्टौँ लेखपढ, भनसुन तथा मेहेनत र पुजाआजा समेत । तर क्यारोलिना विलियम्स नामकी किशोरीलाई चाहीँ आफ्नो मनपर्ने खानेकुरा पिज्जाको बारेमा दिल खोलेर लेखेको एउटा निबन्धले याले विश्वविद्यालयमा भर्नाको बाटो खोलिदियो ।

आफ्नो त्यो अविश्वसनीय सफलताको खुलासा उनले टि्वटर मार्फत गरेकी छिन् । यालेमा भर्ना हुन गाह्रो छैन । भर्ना हुन चाहने विद्यार्थीहरुले सुरुमा आफुलाई मनपर्ने चिजको बारेमा गज्जब लेख्नुपर्दछ ।

क्यारोलिनालाई के चाहियो ? उनले आफुलाई सबैभन्दा मनपर्ने चिज पिज्जाको बारेमा गज्जबको निवन्ध लेखिन् । उनको निबन्ध उत्कृष्ट ठहरियो र उनलाई याले विश्वविद्यालयले भर्नाका लागि छनोट गर्यो । यद्यपि उनी त्यसबीचमा अलाबामाको अर्बन युनिभर्सिटीमा चयन भएर सोही विश्वविद्यालयमा पढ्ने निधो गरिसकेकी थिइन् ।

तर पिज्जाले आफुलाई दिलाएको सफलता चाहीँ उनका लागि निकै गौरवको कुरा बन्यो । उता पिज्जाको बारेमा लेखेको निबन्धले चर्चा पाएपछि क्यारोलिनालाई एक पिज्जा आउटलेटले एउटा पिज्जा निशुल्क उपलब्ध गरायो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment