Comments Add Comment

बालिका हत्या थप रहस्यमय, पुरिएको नगद भेटियो

२८ जेठ, झापा । दमक नगरपालिका–२ निवासी हेमकुमार दाहालकी नौ वर्षीया छोरी गङ्गाको हत्या उनकै छिमेकी ४३ वर्षीय लक्ष्मीप्रसाद अधिकारीले गरेको भन्दै प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको थियो ।

‘के कारणले बालिकाको हत्या भएको हो सो विषयमा हामी अनुसन्धान गरिरहेका छौं’, प्रहरी नायब उपरीक्षक राजन लिम्बूले भने, ‘हत्यामा संलग्न अधिकारीलाई कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।’

अनुसन्धानकै क्रममा प्रहरीले शनिबार राति दाहालको घर नजिकै खाल्डो खनेर प्लास्टिकमा बेरिएको अवस्थामा पुरिएको रु ८५ हजार फेला पारेको छ ।

दाहाल परिवारले डेढ महिनाअघि रु एक लाख हत्याका अभियुक्त अधिकारीले चोरेर लगेको आरोप लगाउँदै आएका थिए । दाहाल परिवारले अभियुक्त अधिकारीले सो रकम चोरी गरेको आरोप लगाए पनि खाल्डोमा पुरिएको अवस्थामा रु ८५ हजारमात्र फेला परेपछि बालिका हत्याको विषय थप रहस्यमय बनेको प्रहरीले जनाएको छ ।

दिदीलाई जबर्जस्ती करणी गर्न खोज्दा बालिकाले देखेपछि आफूले बुधबार बेलुका बालिकाको उनकै घरभित्र बन्चरो प्रहार गरी हत्या गरेको अधिकारीले प्रहरीसमक्ष स्वीकारेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।

स्थानीय हिमालय माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत बालिकाको अनुहार, टाउको र छातीमा बन्चरो प्रहार गरी गत बुधवार हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment