Comments Add Comment

सचिवको प्रश्न- स्थानीय तहमा प्रशासनको हस्तक्षेप कहिलेसम्म ?

सीडीओको आदेशमा गाउँपालिकाको बजेट गाडीभाडामा

२९ जेठ, काठमाडौं । सरकारले स्थानीय तहका लागि पठाएको रकमबाट गाडी भाडामा लिएर चढ्ने गरिएको भेटिएको छ । त्यो पनि महिनाको डेढ लाख तिर्ने गरी । बजेट आउनुअघि सरकारले सबै स्थानीय तहलाई १ करोडका दरले रकम पठाएको थियो ।

स्थानीय विकास सचिव दिनेश थपलियाका अनुसार दुई गाउँपालिकाले त्यही रकमबाट गाडीभाडामा लिएको पाइएको छ । आफूलाई भेट्न आएका दुई गाउँपालिका अध्यक्षले गाडी भाडामा लिएर आएको सुनाउँदै सचिव थपलियाले भने, ‘सीडीओ सा’बले निर्वाचन अधिकृत आउँदै हुनुहुन्छ, तरुन्तै गाडी भाडामा दिनुस् भनेको रहेछन् ।’

थपलियाका अनुसार सीडीओको आदेशमा शाखा अधिकृतहरुले मासिक एक लाख भाडा तिर्ने गरी गाडी लिएका रहेछन् । जुन गाडी केही दिन निर्वाचन अधिकृतले चढे ।

अहिले त्यो गाडी गाउँपालिका अध्यक्षले चढ्ने गरेका छन् । आफूले गाडी छाड्न भन्दा पाएको जवाफ सुनाउँदै सचिव थपलियाले भने, ‘हिजो कर्मचारीले चढ्दा हुने तर, जनप्रतिनिधि चढ्न नहुने ? तपाईको परिभाषा पनि गजब रहेछ ।’

समितिको बैठकमा सचिव थपलियाले प्रश्न गरे, ‘स्थानीय तहले स्थानीय प्रशासनको हस्तक्षेप कहिलेसम्म बोक्नुपर्ने हो ?’

थपलियाले कुन गाँपालिकाका अध्यक्षले भाडाको गाडी चढे भन्नेचाहिँ खुलाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment