+
+

रुखबाट खसेर बृद्धको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २९ गते १५:५४

२९ जेठ, महोत्तरी । महोत्तरीको बर्दिवास-३, पाटुका एक वृद्धको रुखबाट लडेर मृत्यु भएको छ ।

आज पात झार्न बस्ती नजिकैको वनमा पियारीको रुख चढेका ७० वर्षीय वृद्ध बलबहादुर ढुङ्गेलको रुखबाट खस्दा मृत्यु भएको , बर्दिवास इलाका प्रहरी कार्यालयले जनाएको हो ।

सधैँ घाँस दाउराको काम गर्दै आएका ढुङ्गेल रुख चढेर घाँस झार्ने क्रममा चिप्लेर भिरमा पछारिएका थिए । परिवारजनले तत्काल ढुङ्गेललाई बर्दिवासस्थित जनसेवा अस्पताल ल्याए पनि चिकित्सकले मृत घोषित गरेका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।

प्रहरीले शव परीक्षणका लागि जनकपुर अस्पताल पठाएको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?