+
+

सम्झौताकै दिनबाट बुढीगण्डकीको निर्माण थालिने, चिनियाँ टोली आयोजनास्थलमा

सुदिल पोखरेल सुदिल पोखरेल
२०७४ जेठ ३० गते १:१०


२९ जेठ, गोरखा । चिनियाँ कम्पनीसँग सरकारले सम्झौता गरेकै दिनदेखि बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण सुरु हुने भएको छ । अबको ६ महिनाभित्रै आयोजनाको बिस्तत सम्भाब्यता अध्ययनको ‘रिस्टेटमेन्ट’ सकाउने कार्यतालिका निर्माणको जिम्मा पाएको चीनको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी)ले जनाएको छ ।

कम्पनीको टोली अहिले निर्माणस्थलको अवलोकन गर्न आयोजनास्थल पुगेको छ । नेपाल सरकार रसीजीजीसीबीच १२ सय मेगावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण सम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भइसकेको छ । अन्तिम सम्झाैता भने हुन बाँकी नै छ । सबै प्रक्रिया टुंग्याएर त्यो हुनासाथ  काम सुरू गर्ने सीजीजीसीको भनाइ छ ।
यो आयोजनामा चिनियाँ कम्पनीले गरेको लगानीलाई नेपाल सरकारले ऋणका रुपमा ग्रहण गर्नेछ । बिजुली उत्पादन सुरु भएपछि त्यसलाई नै बेचेर सरकारले कम्पनीको ऋण तिर्ने मोडल यसमा लगाइँदैछ ।गत जेठ ९ गतेको मन्त्री परिषद् बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडलाई दिने निर्णय गरेको थियो ।


जतिसक्दो छिटो आयोजनाको निर्माण सुरु गर्न प्रयास भइरहेको गेजुवा नेपालका जनसम्पर्क ब्यवस्थापक ओमबन्धु कार्कीले जानकारी दिए । आयोजना स्थलमा चीनमा २२५० मेगावटको आयोजना बनाउने अधिकारीहरुको टोली पुगेकोछ ।

टोलीले विभिन्न भागहरुको निरीक्षण गरेर डिपीआरको पुनरावलोकन गर्ने तयारी गरेको छ । कम्पनीका कन्ट्री डाइरेक्टर युआन झेछोन नेतृत्वको टोली निरीक्षणमा आएको हो । अहिले प्रभावितलार्इ मुअाब्जा  वितरणको काम भइरहेकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?