+
+

कात्तिक १७ मा हसन र नीशाको ‘रोमियो’

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ३० गते १२:०५


वैशाख २९ गते रिलिज हुने भनिएको चलचित्र ‘रोमियो’लाई स्थानिय निर्वाचनले असर गर्‍यो । वैशाख ३१ मा सम्पन्न पहिलो चरणको स्थानिय निर्वाचनकै कारण यसको प्रदर्शन मिति सारिएको थियो ।

वैशाख २९ गतेबाट पछाडि हटेको यो चलचित्र अब भने कात्तिक १७ गतेबाट रिलिज हुने भएको छ । निर्माता तथा नायक हसन खानले दिएको जानकारी अनुसार, वितरण कम्पनी एफडीसँग सल्लाहा गरेर कात्तिक १७ गतेलाई प्रदर्शन मिति फाइनल गरिएको हो ।

अब, यो डेटबाट चलचित्र पछि नसर्ने हसनले स्पष्ट पारे । उनले भने-‘हामीले वैशाख २९ गते नै रिलिज गर्ने तयारी गरेका थियौ । तर, स्थानिय निर्वाचनका कारण चलचित्रको प्रदर्शन मिति सार्नुपर्‍यो । अब, कात्तिक १७ मा चलचित्र रिलिज हुन्छ ।’

शंकर कार्कीको निर्देशनमा तयार भएको यो चलचित्रमा हसनराजा खान, निशा अधिकारी, ओसिमा बनु, मेलिना मानन्धर लगायतका कलाकारको अभिनय छ । चलचित्रको ‘ल्याङ ल्याङ’ बोलको गीतको अडियो हिट भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?