+
+

निशा र शरदको मुद्दामा निशाले अंश पाउने काठमाडौं जिल्ला अदालतको फैसला

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १३:२२
फाइल तस्वीर

काठमाडौं । अभिनेत्री निशा अधिकारी र पूर्वक्रिकेटर शरद भेषवाकरबीचको मुद्दामा काठमाडौं जिल्ला अदालतले निशाले अंश पाउने फैसला सुनाएको छ । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार सगोलको सम्पत्तिको तीन भागको एक भाग निशाले पाउने फैसला गरेको हो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले मंसिर २८ मा यस्तो फैसला सुनाएको हो । फैसला प्रमाणीकरण चाहिं माघ १९ मा भएको थियो ।

निशा र शरदको बच्चाको उमेर १८ वर्ष नहुँदासम्म आमाबाबु दुवैको संरक्षणमा हुनुपर्ने फैसला पनि अदालतले सुनाएको छ । अंश नपाउँदासम्म मानाचामल बापत बादीहरु (निशा र बच्चा)ले शरदबाट मासिक ४१ हजार रुपैयाँ पाउने ठहरसमेत अदालतले गरेको छ ।

तर नाता सम्बन्ध र अंशियारमा उनीहरुबीच विवाद देखिएको छैन । सूचना अधिकारी पन्थीका अनुसार शरदले माथिल्लो अदालतमा फैसलालाई लिएर पुनरावेदन गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?