+
+

मोहनले चोरे पूजाको मन

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २५ गते १४:३२


गायिका पूजा सुनुवारले ‘यो मन चोरिसकेछौ’ बोलको गीतको भिडियो बजारमा ल्याएकी छिन् । ट्यूसन पढाउँछु बोलको गीत गाएपछि उनी श्रोता तथा दर्शकमाँझ चिनिएकी थिइन् ।

डीपी खनालको शब्द, शंकर थापाको संगीत यो गीतमा छ । दुबइका विभिन्न शहरमा भिडियोको छायांकन गरिएको छ । गीतको भिडियोमा चलचित्र ‘मेरी कुसुम’का नायक मोहन बोगटीको साथमा सरिका सुनवारले मोडलिङ गरेका छन् ।

नृत्य निर्देशक गोविन्द राइको निर्देशन रहेको भिडियोमा विक्रम कार्की र विरेन्द्र भट्टको छायांकन, निशान घिमिरेको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?