+
+

तीन दल र राजपाको बैठक विना निष्कर्ष टुंगियो

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ३१ गते ११:२७

३१ जेठ, काठमाडौं । प्रमुख तीन दल र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अब के गर्ने भन्दै सल्लाह मागेका थिए । राजपा नेताहरुले आफूहरुको कुनै माग पुरा नभएको भन्दै यथास्थितिमा चुनावमा नजाने बताए ।

तर, चुनावको मिति सारे सहभागी हुने प्रतिवद्धता नजनाएको एक नेताले बताएका छन् ।

एमाले नेताहरुले भने असार १४ मै चुनाव हुनु पर्ने अडान राखेका छन् । साथै चुनाव अघि संविधान संशोधन र स्थानीय तहको संख्या बढाउन नसकिने बताए ।

एमाले नेताहरुले कांग्रेस-माओवादी र राजपा सत्ता पक्ष भएको भन्दै सहिद घोषणा, घाइतेको उपचार खर्च लगायतका माग आपसमा बसेर पुरा गर्न भनेका छन् ।

चुनाव सार्ने कुरा स्वीकार्य नभएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?