Comments Add Comment

यसरी गर्नुहोस् पर्फेक्ट मेकअप, पढ्नुहोस् १५ टिप्स

मेकअप ठूलो कला हो । मेकअपले त्यसबेला मात्र सौन्दर्यमा निखार ल्याउँछ, जब त्यसको सहि विधी थाहा हुन्छ । अतः हरेक समयमा सुन्दर देखिनका लागि यहाँ मेकअप टिप्स दिइएको छ ।

१. मेकअप गर्नुअघि अनुहारलाई मनतातो पानीले धुनुपर्छ, त्यसपछि आयल फ्री मोश्चराइजरले मसाज गरेर मेकअप सुरु गर्नुपर्छ ।

२. मेकअप गर्नुअघि आफ्नो स्किनमा ५-१० मिनेटसम्म बरफले रगड्नुपर्छ, त्यसपछि गरेको मेकअप लामो समय टिक्छ ।

३. लिपिस्टकको लागि लिप ब्रसको प्रयोग गरौ, यसले लिपस्टिक पुरै ओंठमा समान रुपले अप्लाई हुन्छ र लामो समय टिक्छ ।

४. यदि आइब्रोको रौंमा थोरै साइनिङ ल्याउन चाहनुहुन्छ भने आइब्रोमा थोरै कि्रम लगाउनुहोस् ।

५. यदि आँखाको तल डार्क सर्कल छ भने लाइट शेडको फाउन्डेशन क्रिम लगाउनुहोस् ।

६. यदि ओंठ एकसमान छैन, एउटा पातलो र अर्को मोटो छ भने पातलो ओंठलाई मोटो लुक दिनुपर्छ । यसका लागि पातलो ओंठलाई नेचुरल लिपलाइनरले थोरै माथि आउटलाइन गरेर मोटो ओंठसँग सन्तुलन मिलाउनुपर्छ ।

७. अनुहार अनुरुप लिलाइन सानो छ भने लिपलाइन थोरै बाहिर आउटलाइन गर्ने ।

८. ठूलो नाख छ भने नाखको तल वा टिपमा डार्क ब्राउन शेडले कन्टोरिंग गर्नुपर्छ ।

९. नाखलाई चौडा लुक दिनका लागि चौडा हाइलाइट तल सेन्टरसम्म लगाउने वा ब्लेन्ड गर्ने । यदि नाखलाई पातलो लुक दिने हो भने त्यसको विपरित गर्ने ।

१०. लिपस्टिक लगाउनुअघि तल्लो ओंठमा फाउन्डेशन वा न्यूड ग्लास लगाउने, यसले ओंठ सुन्दर देखिन्छ ।

११. ओंठको आकार ठूलो देखाउनका लागि ब्राइट कलरको लिपस्टिक लगाउने, त्यसलाई सानो देखाउनका लागि डार्क कलरको लिपस्टिक लगाउने ।

१२. आँखा वा ओंठमध्ये एकलाई हाइलाइट गर्ने । यदि आइ मेकअप हेभी गर्दै हुनुहुन्छ भने ओंठलाई न्यूड लुक दिने । केवल लिप ग्लास लगाउनुहोस् ।

१३. सुन्दर ग्लो चाहनुहुन्छ भने आफ्नो मोश्चराइजरमा लिक्विड हाइलाइटर वा थोरै गोल्ड शिमर मिलाएर लगाउने ।

१४. यदि आँखाका सानो छ भने त्यसको माथिल्लो लिडमा आइलाइनर वा आइ पेन्सिलले आँखाको बाहिरी कर्नरसम्म लगाउने ।

१५. मेकअप गर्नुअघि छालालाई मोश्चराइजर र ओंठमा लिप बामले कन्डिसन गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment