Comments Add Comment

‘उ होचो भएर के भो, हाम्रो प्रेम अग्लो छ’

क्लोई लसेड र जेम्स नवविवाहित दम्पत्ति हुन् । दुवै एक-अर्काको साथ पाएर रमाइरहेका छन् ।

तर, २९ वषर्ीय जेम्ससँगको प्रेमलाई लिएर २३ वर्षीया क्लोईले सुरुमा आफ्नो परिवारबाट ठूलै विरोधको सामना गर्नुपरेको थियो । यसको कारण थियो, जेम्स एउटा असाधारण आनुबंशीक बिमारीले गर्दा होचोपनाको शिकार हुनु ।

क्लाईले बताउँदैछिन् कसरी उनी एउटा होचो व्यक्तिसँग प्रेममा परिन्ः

फोनको घन्टी बज्दा म डराएँ । म आमालाई आफ्नो नयाँ ब्वाइफ्रेण्डको विषयमा बताउने योजनामा थिएँ ।

जब मैले आमालाई आफ्नो नयाँ ब्वाइफ्रेण्डको नाम सुनाएँ, उहाँ आक्रोशित बन्नुभयो ।

उहाँले भन्नुभयो, ‘किन ? जेम्स त पुड्को छ । उसँग तिम्रो जोडी मिल्दैन ।’

मेरी आमा यो कुरा महसुस गर्न सक्नुहुन्नथ्यो कि जेम्समा मैले के देखेकी छु । जेम्स जन्मजात डायसट्रोफिक डिसप्लेजिया नामको रोगबाट पीडित थियो । यो एउटा असाधारण आनुवंशीक स्थिति हो जसमा मानिस पुड्कोपनाको चपेटामा पर्छन् ।

जेम्सका बुवा र आमा दुवैको उचाई ठीकठाक छ । जेम्स केवल तीन फुट सात इन्चको छ, जबकि म पाँच फिट सात इन्चकी छु । आमाको प्रतिक्रिया सुनेर मलाई रिस उठ्यो । आखिर किन उहाँले जेम्सलाई स्वीकार गर्न सक्नुहुन्न ?

मैले धेरै केटाहरु देखेकी छु तर, मेरो मनमा सँधै लामो समयको पार्टनरको चाहना रह्यो । पाँच वर्षको उमेरमा नै म चर्चमा हुर्किएँ । यस्तोमा सँधै नै मेरो लागि विवाह महत्वपूर्ण थियो । मलाई लाग्छ कि म यस विषयमा पारम्परिक छु ।

म कसैसँग केवल डेटिङमा हिँड्न चाहन्नथेँ । म आफैंलाई सोध्ने गर्थेँ, के यो केटा मसँग बिहेका लागि योग्य छ ? यदि छैन भने म उसँग के गरिरहेकी छु ? साँचो कुरा यही हो कि जब हामी पहिलोपटक भेट्यौं, मलाई लागेको थिएन कि जेम्स मेरो ब्वाइप|mेन्ड बन्न योग्य छ । उसको जस्तो अवस्था थियो, यस्तो लाग्दैनथ्यो कि हामी एक हुन सक्छौं ।

उ मेरो साथीको साथी थियो । र, हामी एक-अर्कालाई चिन्थ्यौं । तर, हामी सन् २०१२ को मेमा साथी बन्यौं, जब उ ओलम्पिक टर्च लिएर वेल्स आयो । उसले ओलम्पिक टर्च यसकारण उठायो ताकि अक्षम मानिने व्यक्तिहरु पनि खेलतर्फ आकषिर्त हुन सकुन् ।

उ ड्वार्फ स्पोर्टस एसोसियसनमा नौ वर्ष ब्रिटिश क्लास वान ब्याडमिन्टन च्याम्पियन थियो । पछि ब्रिटिश प्रतिनिधिको रुपमा २००८ मा चीन गएपछि ओलम्पिक टर्च उठाउनका लागि उसको चयन स्वभाविक थियो । म उसका साथीहरुसँग त्यो हेर्न गएकी थिएँ ।

त्यहाँ मेरो उसँग भेट भयो । उसको परिवारलाई पनि भेटेँ । मैले उसलाई यसकारण मन पराएँ कि उ हरतरहले बिन्दास व्यक्ति हो । यसका साथै उ एक सकारात्मक सोच भएको मान्छे पनि हो ।

यद्यपि, त्यतिबेला म अरु कसैसँग डेट गरिरहेकी थिएँ । जबसम्म जेम्सले मलाई प्रस्ताव राखेन, मैले आफ्नो प्रेमीसँग ब्रेकअप लिइनँ ।

त्यतिबेला म कार्डिफमा पढिरहेकी थिएँ । त्यसैले उसले मलाई टेक्स्ट म्यासेज गरेर आफूसँग डेट गर्ने प्रस्ताव राख्यो । मैले सकारात्मक जवाफ दिएँ । उ निकै खुशी भयो । हाम्रो पहिलो डेटिङ मे २०१३ मा भयो र विवाहसम्म पुग्न लामो समय लाग्यो । किनकी हामी दुवै आ-आफ्नो जिन्दगीमा व्यस्त थियौं ।

केही समयसम्म हामीले यो सम्वन्धलाई गोप्य राख्यौं । यो सम्वन्धलाई लिएर मभित्र एक किसिमको उथलपुथल चलिरहेको थियो । कहिले लाग्थ्यो, मानिसहरुले के सोच्लान्, के भन्लान् ? खासगरी मेरी आमाले के भन्लिन् ?

मलाई यो सम्वन्धलाई अघि बढाउन निकै चुनौति थियो । तर, मैले अगाडि बढ्ने निर्णय गरेँ । एक दिन म आफ्नी आमा र बहिनीसँग सपिङमा गएँ र अचानक जेम्स त्यहीँ भेटियो । म त्यतिबेला कत्ति पनि लजाइनँ, तर मसँग कुनै शब्द पनि थिएन ।

म सेप्टेम्बरमा यूनिभर्सिटी फर्किएपछि यो सम्वन्धलाई सार्वजनिक गरिदिएँ ।

मेरी आमा सिंगल मदर हुन् । उनी म र मेरी दुई बहिनीको विषयमा ज्यादै सतर्क छिन् । पछि मेरी आमाले पनि कुरा बुझिन् । अब उनलाई जेम्सको विषयमा कुनै दुखेसो छैन ।

 

विषय केवल लुक्सको होइन । जेम्स मेरो लागि सँधै आकर्षक छ र म उसको लागि ।

अघिल्लो वर्षको अगष्टमा हाम्रो बिहे भयो । यो मेरो जीवनकै सबैभन्दा खुशीको पल थियो । म उसँग आफ्नो सिंगो जीवन बिताउनका लागि निकै उत्साहित छु । हामी दुवै मिलेर काम गर्छौं । एक-अर्कालाई ज्यादै माया गर्छौं । उ होचो भएर के भो, हाम्रो प्रेम अग्लो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment