+
+

पिपलको रुखमा जल चढाएर कांग्रेसको चुनाव प्रचार सुरु

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १ गते १७:११

१ असार, दाङ । नेपाली कांग्रेस घोराहीले पिपलको रुखमा जल चढाउँदै चुनाव प्रचार अभियान सुरु गरेको छ । घोराही उपमहानगरपालिकामा बुधबार उम्मेदवार टुंगो लागेलगत्तै कांग्रेसले बिहीबारबाट चुनाव प्रचार सुरु गरेको हो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १० का कांग्रेस उम्मेदवार चित्रबहादुर डाँगीले परम्परागत धार्मिक संस्कार र सभ्यतालाई जगेर्ना गर्ने उद्देश्यले मंगलकार्यसहित चुनाव प्रचार सुरु गरेको बताए ।

घोराही उपमहानगरपालिकाको मेयर र घोराही उपमहानगरपालिका वडानम्बर १० को अध्यक्षको उम्मेदवारको विषयमा कांग्रेसमा विवाद थियो । पार्टी केन्द्रले विवाद टुंगो लगाउँदै उपमहानगरमा भुपबहादुर डाँगीलाई मेयर र वडा नम्बर १० मा चित्रबहादुर डाँगी ‘निर्मल’लाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

उम्मेदवार टुंगो लागेसँगै कांग्रेस नेता कार्यकर्ताहरु स्थानीय किसानको खेतबारीमै पुगेर भोट माग्न व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?