+
+

पेट्रोनासको नयाँ लुब्रिकेन्ट नेपाली बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १ गते १९:०६


१ असार, काठमाडौं । बहुुर्राष्ट्रिय ब्राण्ड पेट्रोनासले नविन प्रविधिमा आधारित दुई नयाँ लुब्रिकेन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ ।

बतास ग्रुप अन्तर्गतको त्रिथुङ्गा ट्रेडिङ कन्सर्न प्रालिले मोटरसाइकल/स्कुटरलाई लक्षित गरी अल्ट्रा फलेक्स प्रविधियुक्त स्प्रीन्टा र डिजेल इन्जिनबाट चल्ने कमर्सियल सवारी साधनलाई लक्षित गरी भिस्कगार्ड प्रविधियुक्त उरानिया लुब्रिकेन्ट सार्वजनिक गरेको हो ।

मलेसियन सरकार स्वामित्वको पेट्रोनास लुब्रिकेन्ट सन् २०१३ देखी नेपाली बजारमा उपलब्ध छ र नेपालसहित विश्वका ८६ भन्दा बढी मूलुकमा उपलब्ध रहेको छ ।

बतास ग्रुपका प्रबन्ध निर्देशक सान्तराम बतासले नेपाल भित्रिएदेखि पेट्रोनासको व्यावसायीक कारोबार प्रत्येक बषृ वृद्धि हुँदै गइरहेको बताए ।

‘पेट्रोनसको प्रत्येक बर्ष कारोबार बढिरहेको छ’ उनले भने, ‘नयाँ प्रविधिको लुब्रिकेन्टले पनि बजार बिस्तारमा सघाउ पुग्ने अपेक्षा राखेका छौं ।’ कार्यक्रममा पेट्रोनासका कन्ट्री म्यानेजर नगेन्द्र खनालले नेपाल भित्रिएको छोटो समयमै सफलताको उचाई लिएको बताए ।

‘हामीले विश्वमै पहिलो पटक अत्याधुनिक र नविन प्रविधिको लुब्रिकेन्ट सार्वजनिक गरेका छौं । यस्तो लुब्रिकेन्ट नेपाली बजारमा उपलब्ध गराउन पाउँदा हामीलाई खुसी लागेको छ’ उनले भने, ‘यसको उच्च गुणस्तरबारे आगामी दिनमा उपभोक्तालाई जानकारी गराउँदै बिक्री बढाउँछौं । यसबाट पेट्रोनासको बजार समेत विस्तार हुने अपेक्षा गरेका छौं ।’

नविन प्रविधिमा आधारित भएर उत्पादन गरिएको स्प्रीन्टाले सवारी साधनको मर्मत खर्च कम गराउने र इन्जिनको आयु बढाउने विशेषता बोकेको उनले बताए ।

त्यस्तै इन्जिन स्मूथ राखेर घर्षण कम गराउने र इन्जिनबाट निस्कने आवाजमा समेत कमी गराउँछ । अल्ट्रा फ्लेक्स प्रविधिले जतिसुकै बढी तापक्रममा पनि इन्जिन भित्र लुब्रिकेन्ट सहज प्रवेश गराई आफ्नो काम गर्न सफल हुने खनालले जानकारी दिए ।

‘उच्च तापक्रम पुगेका बेला पनि यो प्रविधियुक्त पेट्रोनास स्प्रीन्टा ले सहजै काम गरेर इन्जिनलाई स्मूथ राख्न मदत गर्छ । र, सवारी साधनको कार्यक्षमता बढाउन मदत गर्छ’ उनले भने ।

त्यस्तै बस, ट्रक, पिकअप, ट्रिपर तथा हलुका व्यावसायीक सवारी साधनलगायत डिजेल इन्जिनलाई उपयुक्त हुने भिस्कगार्ड प्रविधि सहितको पेट्रोनास उरानियाले इन्जिन भित्र अनावश्यक स-साना अणु बस्न दिदैँन र इन्जिनलाई स्वतः स्फूर्त रुपमा काम गर्न सहयोग गर्छ ।

कठिन ठाउँमा गाडी दौडाउँदा इन्जिनले बढी बल प्रयोग गर्नुपर्ने हुनाले बढी तात्न सक्छ, यस्तो अवस्थामा पनि भिस्कगार्डले इन्जिनलाई सामान्य हिसाबले काम गर्न सघाउले खनालले बताए ।

पेट्रोनास विश्व बजारमा उत्कृष्ट १० लुब्रिकेन्ट कम्पनी भित्र पर्ने र नेपाली बजारमा बहुराष्ट्रिय कम्पनीको भीडमा तेस्रो स्थानमा रहेको उनले जानकारी दिए । १ लिटरको स्प्रीन्टा ५ सय ५० रुपैयाँ र १५ लिटरको उरानिया ७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?