Comments Add Comment

चितवनमा एकसाथ नीशा र शरद, के बिहे गर्दैछ यो जोडी ?


ब्रेकअपको हल्ला चलिरहँदा नायिका नीशा अधिकारी र क्रिकेटर शरद भेष्वाकर एकसाथ देखिएका छन् । नायिका अधिकारीले काम गरिरहेको चलचित्र ‘पोखराकी काली’को छायांकनका क्रममा शरद चितवन पुगेका थिए । शरद र नीशा अहिले काठमाण्डौ फर्किएका छन् ।
शरद र नीशाविच प्रेममा ब्रेकअप लागेको थियो । नीशा स्वयंमले अनलाइनखबरसँग कुरा गर्दै आफूहरुविच व्रेकअप भएको बताएकी थिइन् । नीशाले अब आफूले काममा नै फोकस गर्ने बताएकी थिइन् ।

तर, शरद र नीशाविच अहिले सम्बन्ध फेरि सुमधुर भएको पक्का छ । यसैले पनि नीशालाई भेट्न शरद चितवन पुगेका थिए, जुन तस्बिर हामीले प्राप्त गरेका छौ ।

बिहेको चर्चा
यसैविच, शरद र नीशा एकसाथ देखिरहँदा यी दुइविच बिहेको चर्चा समेत चलेको छ । वुझ्नमा आए अनुसार नीशा र शरदले असारको मध्य भागमा बिहे गर्दैछन् । नीशाले चलचित्र ‘पोखराकी काली’को यूनिटसँग आफ्नो बाँकी सुटिङ बिहेपछि गर्ने भन्दै काठमाण्डौ आएको वुझिएको छ ।

क्रिकेटर शरद र नायिका अधिकारी केही बर्ष प्रेममा थिए । तर, उनीहरुको केही समय अगाडि ब्रेकअप भएको थियो । तर, अहिले फेरि शरद र नीशा एक भएका छन् र बिहेको तयारीमा लागेका छन् ।

यो बिषयमा वुझ्न खोज्दा नायिका अधिकारीको फोन उठेन । आशा गरौ, नीशाले यो बिषयमा पक्कै पनि मुख खोल्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment