Comments Add Comment

लाफिङ बुद्ध पावरको २९ करोडको सेयर आउँदै, तीन आयोजना सञ्चालनमा


२ असार, काठमाडौं । लाफिङ बुद्ध पावर नेपाल लिमिटेडले २९ करोड रुपैयाँ (२९ लाख कित्ता) सेयर जारी गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाको लागि ९ करोड ७८ लाख रुपैयाँ (९ लाख ७८ हजार कित्ता) सेयर जारी गर्ने गरि धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले बोर्डका जेठ ३१ गते आवेदन दिएको हो । कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

कम्पनीको तीन वटा आयोजना सञ्चालनमा रहेको र विद्युत् उत्पादन भइरहेको कम्पनी व्यवस्थापक शोभाकान्त हमालले बताए । कम्पनीको ३ मेगावाटको चाकु खोला आयोजना, १.८ मेगावाटको लोवर चाकु खोला आयोजना र १.७६ मेगावाटको मिडल चाकु खोला आयोजना सञ्चलनमा रहेको छ ।

‘सेयर जारी गरेपछि उठ्ने रकम केही ऋण भुक्तानीको लागि प्रयोग हुनेछ भने नयाँ आयोजना सञ्चालनको लागि पनि केही रकम प्रयोग हुनेछ,’ कम्पनी व्यवस्थापक हमालले बताए ।

यसअघि ३ मेगावाट क्षमताको चाकु खोला आयोजना अलाइन्स पावर प्रालीको स्वामित्वमा रहेको भएपनि कम्पनी मर्जरपछि हाल लाफिङ बुद्धको मातहत यो आयोजना पनि आएको हो ।

लाफिङ बुद्ध कम्पनीको हाल जारी पुँजी ९७ करोड ८० लाख रुपैयाँ रहेको छ भने चुक्ता पुँजी ६८ करोड ४६ लाख रहेको छ । सेयर जारी पछि चुक्ता पुँजी ९७ करोड ४६ लाख बराबर पुग्नेछ । सेयर स्वामित्व संरचना भने संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत हुनेछ ।

कम्पनीका ठुला सेयर लगानीकर्तामा चार्टर्ड एकाउन्टेन्ट खुमा प्रसाद अर्याल, शर्मा एण्ड कम्पनी प्राली, बैदेशीक लगानीको कम्पनी शक्ति इन्भेष्टमेन्ट कम्पनीको सेयर स्वामित्व रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment