Comments Add Comment

चुनाव सारिएको बिरोधमा अनेरास्ववियूको प्रर्दशन

२ असार, काठमाडौं । प्रदेश नम्बर २ मा स्थानीय चुनाव सार्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै एमालेनिकट अनेरास्ववियूले काठमाडौंमा विरोध प्रर्दशन गरेको छ ।

प्रदेश नम्बर २ चुनावको मिति असोज २ गते सार्ने सरकारको निर्णय देशलाई विखण्डन गर्ने नियतका साथ आएको दावी गर्दै अनेरास्ववियूले शुक्रबार विहान काठमाडौंको प्रर्दशनीमार्गमा विरोध प्रर्दशन गरेको हो ।

त्यसक्रममा अनेरास्ववियूका नेता, कार्यकर्ताहरुले सरकारविरुद्ध चर्का नाराबाजी लगाउँदै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पुत्लासमेत दहन गरे ।

विरोध प्रर्दशनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियूकी अध्यक्ष नविना लामाले सरकारले देश विखण्डन गर्ने नियतका साथ प्रदेश नम्बर २ को निर्वाचन पछि सारेको भन्दै आक्रोश व्यक्त गरिन् ।

सरकारले विहीबार राष्ट्रिय जनता पार्टीको माग सम्बोधन गर्न भन्दै प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन आगामी असोज २ गते गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment