+
+

एनएमबि बैंकको चार शाखा सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २ गते १८:१६

२ असार, काठमाडौं । एनएमबि बैंकले म्यागदीको बेनी, बाराको निजगढ, मकवानपुरको हेटौडा र नवलपरासीको कावासोती गरी एकैसाथ चार नयाँ शाखाहरु सञ्चालनमा गरेको छ ।

स्थानीय ग्राहक, उद्योगी, व्यापारी तथा पत्रकार वर्गहरुको उपस्थितिमा फरक कार्यक्रमहरुबीच असार १ गतेबाट नयाँ शाखाहरु सञ्चालनमा ल्याईएको हो ।

नँया शाखाहरुको विस्तार भएकोमा खुशी व्यक्त गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के. सी ले देशको विभिन्न स्थानहरुमा एनएमबि बैंकको नयाँ शाखा सञ्चालनले सरल बैकिङ्ग पँहुचमा थप टेवा पुग्नेमा आफू विश्वस्त रहेको बताए ।

नँया शाखाहरुको शुरुवातसँगै एनएमबि बैंककोे कुल ८० शाखा ६४ एटिएम र ५ एक्टेन्सन काउन्टर पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?