+
+
Shares

सुस्तायो प्रदेश–२, फिर्ता बोलाइयो कर्मचारी

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ३ गते ७:२८

३ असार, काठमाडौं । प्रदेश–२ को निर्वाचन मिति २ असोजमा धकेलिएपछि मधेसका स्थानीयमा निराशा छाएको छ । तेस्रोपटक मिति परिवर्तन गरी १४ असारमा तोकिएको निर्वाचन ३ महिना पर धकेलिएपछि अन्योल बढेको हो ।

प्रचार प्रसार रोकिएको र निर्वाचन आयोगका कर्मचारी पनि फिर्ता भएकाले मधेसको प्रदेश नं. २ सुस्ताएको छ ।

मनोनयन दर्ता हुने दिनको एक दिनअघि मात्रै निर्वाचनको मिति सारेको भन्दै सरकारको आलोचना भएको छ । जिल्लामा सबै पार्टीले लगभग सबै स्थानीय तहका उम्मेदवारको टुंगो लगाइसकेका थिए । छिटफुट अवरोध भए पनि निर्वाचन प्रचारप्रसारले गति लिँदै गएको थियो ।

सुरक्षाकर्मीले सुरक्षाको प्रत्याभूति बढाउँदै लगेका थिए । तर, एकाएक निर्वाचन मिति सरेपछि प्रदेश–२ सुस्ताएको राजधानीले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?