Comments Add Comment

राजपाको सहमतिमा निर्वाचन सारिएको भन्नेहरु महामूर्ख हुन्ः राजेन्द्र महतो


३ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले दोस्रो चरणको चुनावमा कुनै हालतमा भाग नलिने बताएका छन् । प्रमुखतीन पार्टी र सरकार मिलेर देशलाई नै विखण्डन गर्न खोजेको भन्दै उनले त्यसलाई रोक्न आन्दोलनमा गएको दाबी गरे ।

शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा राजपाका नेता महतोले भने, ‘तीनदलले देशलाई भाँड्न र विखण्डन गर्न लागेकोले बाध्य भएर हामीले शान्तिपूर्ण आन्दोलन सार्वजनिक गरेका हौं ।’

ठूला दलले मधेश र थरुहटलाई एक हुनन दिन षड्यन्त्र गरिरहेको आरोप लगाउँदै भने, ‘यो के गर्न खोजेको हो ?मधेस र थरुहट एक हुनै नदिने ? मैले हजारचोटी भनिसकें, तीन ठूला दल भनेको खसवादी, हठवादी हुन्, यीनीहरुले मुलुकलाई समस्यामा फसाउने कामगरिरहेका छन् ।’

उनले प्रदेश नम्बर २ को निर्वाचनको मिति सार्ने निर्णयमा आफूहरुको कुनैपनि सहमति नरहेको जिकिर गरे । सरकारलाई मुर्खको संज्ञा दिँदै भने, ‘अरे, मुर्ख ! हदको पनि सीमा हुन्छ नि, २ नम्बर प्रदेशमात्रै मधेश हो र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment