Comments Add Comment

आर्थिक समाचार : कारबाहीबाट जोगिन बैंकले कर्जा दिन छाडे

४ असार, काठमाडौं । नियामक निकाय नेपाल राष्ट्र बैंकले कर्जा–निक्षेप अनुपात (सिसिडी रेसियो) नाघेका वाणिज्य बैंकलाई कारबाही गर्ने चेतावनी दिएपछि कारबाहीवाट बच्न ति बैंकहरुले कर्जा लगानी ठप्प पारेका छन् । केही बैंकहरुले कर्जा–निक्षेप अनुपातको ख्यालै नगरी आक्रमण रुपमा कर्जा लगानी गरेको भन्दै केन्द्रिय बैंकले कार्वाही गर्ने तयारी गरेपछि उनीहरुले कर्जा लगानी बन्द गरेका हुन् ।

आजको नागरिक दैनिकले कार्वाहीवाट जोगिन कर्जा लगानी ठप्पलाई मुख्य समाचार बनाएको छ । उड्यन अवस्था बुझ्न आइकाको टोली आउदैलाई पनि नागरिकले लेखेको छ । उद्योगको उत्पादन क्षमता पाँच बर्षकै उच्चलाई पनि नागरिकले लेखेको छ ।

अन्नपूर्ण पोष्ट दैनिकले सहज बन्दै बैंकिङ कर्जालाई मुख्य समाचार बनाएको छ । वैदेशिक रोजगार व्यवसायीको चुनावी सन्दर्भलाई व्यवसायी चुनावी मैदानमालाई पनि अन्नपूर्णले लेखेको छ ।

नागरिक उड्डयन नियमावली २०५८ तेस्रो संशोधनको सन्दर्भमा एओसी नवीकरणको समय बढाउने तयारीलाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । बजेट कार्यान्वयन गर्न अख्तियारीलाई पनि कारोबारले लेखेको छ । उपभोक्ता चुसेर मोटाउदै निगमलाई कारोबारले लेखेको छ ।

स्वास्थ्य बीमा कार्यक्रम असारदेखि थप ७ जिल्लामालाई अभियान दैनिकले लेखेको छ । त्यस्तै भारतीय कम्पनि छान्ने दाउलाई पनि अभियानले लेखेको छ ।

एआइआइबीले नेपालमा ३८ अर्ब रुपैंया लगानी गर्नेलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । ३११ भूकम्पपीडितले लिए सहुलियत ऋणलाई पनि लेखेको छ । कालीगण्डकी करिडोरको काम तीव्रलाई नयाँ पत्रिकाले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment