Comments Add Comment

आर्थिक समाचार: एडिबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति निराशाजनक

८ असार, काठमाडौं । एशियाली विकास बैंक (एडिबी)को सहयोगमा सञ्चालित आयोजनाको प्रगति लक्ष्यको तुलनामा निराशाजनक देखिएको छ । एडिबीको सहयोगमा अघि बढ्न लागेको आयोजनाको ठेक्का तथा खर्च लक्ष्यको आधा पनि नभएको पाइएको हो ।

एडिबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति निराशाजनकलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । तातोपानी नाका तत्काल खुलाउन निजी क्षेत्रको मागलाई पनि नयाँ पत्रिकाले लेखेको छ । महानगरले ट्याक्सी थप्न नदिनेलाई पनि नयाँ पत्रिकाले लेखेको छ ।

विष्फोटनमुक्त प्रमाणपत्र नपाउदा रोकिए बुलेटलाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । विकास प्रगति हरेक वर्ष उस्तैलाई पनि कारोबारले लेखेको छ ।

ग्यास बुलेटकै सन्दर्भमा भारतले चार सय नेपाली ग्यास बुलेट रोक्योलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । निगमको खरिद अर्डर एयरबसमालाई पनि नागरिकले लेखेको छ । मेलम्चीले झन्डै आधा पानी ट्यांकर विस्थापित गर्नेलाई पनि नागरिकले लेखेको छ ।

सुपर न्यादी आयोजना भदौदेखिलाई अभियानले मुख्य समाचार बनाएको छ । थप सवा २ करोड कित्ता हकप्रद शेयर आउदैलाई पनि अभियानले लेखेको छ । बजेट कार्यान्वय वर्षमै न्युन खर्चलाई गोरखापत्रले मुख्य समाचार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment