Comments Add Comment

हारको श्रृङ्खला रोक्ने लक्ष्यमा कप्तान विराटको टिम बेंग्लोर

१९ चैत, काठमाडौं । इन्डियन पि्रमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगितामा रोयल च्यालेन्जर्स बेंग्लोरले आज आफ्नो चौथो खेलमा राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ ।

जयपुरमा हुने खेलमा घरेलु टोली राजस्थानविरुद्ध पहिलो जित हात पार्ने लक्ष्यमा कप्तान विराट कोहलीको टिम बेंग्लोर हुनेछ । अहिलेसम्म बेंग्लोरले खेलेको तीनै खेलमा हार ब्यहोरेको छ ।

यता, राजस्थानले पनि तीनै खेलमा हार ब्यहोरेका छन् । त्यसकारण पनि आजको खेलमा बेंग्लोरलाई पराजित गर्ने लक्ष्यमा राजस्थान रहेको छ ।

पहिलो खेलमा चेन्नाई सुपर किंग्ससँग ७ विकेटले पराजित भएको बेंग्लोर दोस्रो खेलमा मुम्बईसँग मात्र ६ रनले पराजित भएको थियो । त्यस्तै, तेस्रो खेलमा भने सनराइजर्स हैदरावादसँग ११८ रनको फराकिलो अन्तरले बेंग्लोर पराजित भएपछि हारको शृंखला रोकिएको थिएन । तर, आज राजस्थानविरुद्ध भने जित हात पार्दै दुई अंक जोड्ने लक्ष्यमा छ ।

यता, राजस्थानको पनि कथा उस्तै छ । पहिलो खेलमा राजस्थान किंग्स इलाभेन पञ्जाबसँग १४ रनले पराजित भएको थियो । दोस्रो खेलमा हैदरावादसँग ५ विकेटले पराजित भएको राजस्थान तेस्रो खेलमा चेन्नाईसँग ८ रनले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment