+
+

काठमाडौं-निजगढ द्रुतमार्गको कार्यविधि मन्त्रिपरिषदबाट पारित

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ८ गते १३:४२


८ असार, काठमाडौं । सरकारले काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणका लागि कार्यविधि बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणका लागि तयार पारिएको कार्यविधि अनुमोदन गरेको हो ।

द्रुतमार्ग निर्माण कार्य छिटो सम्पन्न हुनेगरी कार्यविधि तयार पारिएको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । स्वदेशी लगानीमै सम्पन्न गर्नेगरी प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले काठमाडौं-निजगढ द्रुतमार्ग निर्माण गर्ने जिम्मेवारी नेपाली सेनालाई दिइसकेको छ ।

मन्त्रिपरिषद बैठकले एशीयाली विकास बैंकले उपलब्ध गराउने १ सय ५० मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहायता लिने स्विकृति पनि दिएको छ । अर्थमन्त्री कार्कीले आर्थिक सहायता रकम खर्चबारे विस्तृत योजना बनाउन अर्थ मन्त्रालयका सहसचिव नेतृत्वको कार्यदल बनाइएको जानकारी दिए ।

सरकारले स्वास्थ्य मन्त्रालयको सचिवमा डा. किरण रेग्मीलाई र विशेष अदालतको सदस्यमा न्यायाधीश बाबुराम रेग्मीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?