बिहान उठ्नसाथ तातो चिया घुट्क्याउने बानी धेरैको हुन्छ । तर, खाली पेटमा तातो चिया पिउनु त्यति लाभदायक मानिँदैन । अहिले स्वास्थ्यप्रति सचेत वर्गले बिहान खाली पेटमा मनतातो पानी पिउने गरेका छन्, जो एकदमै फाइदाजनक हुन्छ । तर, मनतातो पानीभन्दा सर्वोत्तम हुन्छ तातो कागती पानी । कसरी त ? जानौं यसको पाँच फाइदा ।
१. यदि बिहान फ्रेस हुनुअघि तातो पानीमा कागतीको रस मिसाएर पिउँनुहुन्छ भने तपाईंको पेट राम्ररी सफा हुन्छ । कब्जियत पनि हुँदैन ।
२. यदि तपाईंले बिहान खाली पेटमा कागती पानी पिउनुभयो भने बढ्दो मोटोपन पनि नियन्त्रण हुन्छ । तौल घट्छ ।
३. यसले तपाईंको पाचन तन्त्रलाई फाइदा गर्छ । पाचन क्रिया राम्रो हुन्छ । कागती पानीको सेवनले पेटको समस्या पनि हट्छ ।
४. तातो कागती पानी सेवन गर्दा शरीरको भित्री सफाई हुन्छ र हानिकारक तत्व शरीरबाट बाहिर निस्कन्छ । यसले प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।
५. यसको ठूलो फाइदा यो पनि हो कि, मुख र सासको गन्ध हट्छ । तपाईं ताजगी महसुस गर्न सक्नुहुनेछ । यसमा रहेको भिटामिन सिले तपाईंलाई फाइदा पुग्छ ।
प्रतिक्रिया 4