+

ब्राभोले तीन पेनाल्टी रोके, पोर्चुगललाई हराउँदै चिली फाइनलमा

२०७४ असार  १५ गते ८:२९ २०७४ असार १५ गते ८:२९
ब्राभोले तीन पेनाल्टी रोके, पोर्चुगललाई हराउँदै चिली फाइनलमा

१५ असार, काठमाडौं । गोलकिपर क्लाउडिओ ब्राभोले उत्कृष्ट प्रदर्शनसँगै चिलीले पोर्चुगललाई हराएको छ र कन्फेडेरेसन कप फुटबलको फाइनलमा पुगेको छ ।

टाइब्रेकरमा चिलीका गोलरक्षक ब्रभोले पोर्चुथलको तीन पेनाल्टी रोकेका थिए । सायद यसले चिलीलाई न्याय पनि गरेको छ । किनकि अतिरिक्त समयको अन्तिममा चिलीले पेनाल्टी दाबी गरेको थियो तर, रेफ्रीले दिएनन् ।

निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा ब्राभो हिरो बने र चिली ३–० ले विजयी बन्यो ।

अब उसले उपाधिका लागि जर्मनी र मेक्सिकोको सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय