Comments Add Comment

४ स्थानीय तहको मतगणना सकिँदा एमालेको अग्रता, कांग्रेस र माओवादी बराबर

प्रदेश नम्बर १ मा एमाले अगाडि, ५ र ७ मा त्रिपक्षीय प्रतिस्पर्धा

१६ असार,काठमाडौं । दोस्रो चरणमा ३५ जिल्लाका ३४४ स्थानीय तहमा भएको निर्वाचनको मतगणना जारी रहँदा कांग्रेस र एमालेबीच तीब्र प्रतिस्पर्धा देखिएको छ । माओवादी तेस्रो स्थानमा रहेर पहिलो चरणको भन्दा राम्रो नतिजा ल्याउने प्रयासमा छ ।

हालसम्म चार स्थानीय तहको मतगणना सकिँदा एमालेले अग्रता लिएको छ । एमालेले बाजुराको पाण्डवगुफा र बझाङको मस्टा गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष सहित बर्चश्व कायम गरेको छ ।

त्यस्तै नेपाली कांग्रेसले बझाङको काँडा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको छ भने माओवादी केन्द्रले सोलुुखुम्बुको लिखु पिके गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष सहित बहुमत जितेको छ ।

३३४ मध्ये अधिकांश स्थानीय तहमा मतगणना भइरहदा एमाले र कांग्रेसबीचको मत अग्रतामा पनि तलमाथि भइरहेको छ । अहिलेसम्मको रुझान हेर्दा प्रदेश नम्बर १ मा एमालेको अग्रता छ ।

प्रदेश नम्बर ५ मा त्रिपक्षीय प्रतिस्पर्धा छ भने प्रदेश नम्बर ७ मा कांग्रेस र एमालेबीच अग्रतामा तलमाथि भइरहेको छ । प्रदेश ७ को कैलालीमा फोरम लोकतान्त्रिक र माओवादीले कांग्रेस एमालेलाई टक्कर दिइरहेका छन् ।

संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक, राप्रपा र राजपा समर्थित स्वतन्त्र उम्मेदवारले पनि बिभिन्न ठाउँमा अग्रता लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment