+
+

ओलीको गृहजिल्लामा एमालेको अग्रता, कांग्रेस ५, एमाले ७

एक एक स्थानमा माओवादी र राप्रपाको अग्रता

गौरव पोखरेल गौरव पोखरेल
२०७४ असार १६ गते ९:५५

१५ असार, झापा । केपी ओली र कृष्ण सिटौलाको प्रतिष्ठाको लडाइँको मैदानका रुपमा हेरिएको झापा जिल्लामा एमालेले सुरुवाती अग्रता कायम गरेको छ ।

झापाका कुल १५ स्थानीय तहमध्ये एमालेले ७ वटा स्थानीय तहमा अग्रता कायम गरेको छ । एमालेले ४ नगरपालिकासहित ३ गाउँपालिकामा अग्रता कायम गरेको हो ।

ओली र सिटौलाको गृहजिल्ला भएकाले यहाँ दुई ‘केपी’ बीच प्रतिष्ठाको लडाइँ भइरहेको छ ।

यो लडाइँमा प्रारम्भिक नतिजाअनुसार कांग्रेसले ५ वटा स्थानीय तहमा अग्रता कायम गरेर एमालेलाई पछ्याइरहेको छ ।

कांग्रेसले मेचीनगर नगरपालिकाका साथै बुद्धभूमि, बाह्रदशी र झापा गाउँपालिकामा अग्रता लिएको छ । कचनकवल गाउँपालिकामा पनि कांग्रेसको अग्रता छ ।

माओवादी केन्द्रले गौरीगञ्ज गाउँपालिकामा अग्रता कायम गरेको छ भने राप्रपाले हल्दीबारी गाउँपालिकामा अग्रता कायम गरेको छ ।
शुक्रबार बिहानसम्मको मत परिणाम यस्तो छः

१. दमक नगरपालिका
एमाले ८८७
माओवादी ७५८
राप्रपा ६३०
नेका ३९४

२. बिर्तामोड नगरपालिका
एमाले १०८१/१२११
कांग्रेस ८०२/८९६
राप्रपा ५२९/४२३
माओवादी २४१/२३४

३. अर्जुनधारा नगरपालिका
एमालेः ९१६/८७८
नेपाली कांग्रेस ७९८/५३७
माओवादी ५१७/१०९

४.शिवसतासी नगरपालिका
एमाले ७९२/७४५
कांग्रेस ५९६/५४८
माओवादी २६८/२५३

५. गौरादह नगरपालिका
एमाले ६६८/६२२
कांग्रेस ३४९/२६२
माओवादी केन्द्र १५९/१७८
रापपा ३५/४६

६. भद्रपुर नगरपालिका
एमाले ८८५/९२४
नेका ६४८/७०९
माओवादी ६७७/४२५
राप्रपा ३५५/२६१

७. मेचीनगर नगरपालिका
कांग्रेसः ४६१/४५४
एमालेः ४०७/४१०
माओवादीः २००/१९५
राप्रपाः ४०/५५

८. कनकाई नगरपालिका
एमाले ११०८/९८६
कांग्रेस ७४५/७६५
माओवादी ६४/७५
राप्रपा ४०/६२
स्वतन्त्र ११५/१३०
माले ३

९. झापा गाउँपालिका
कांग्रेस ५५९/४१५
एमाले २५१/२१८

१०. कमल गाउँपालिका
एमाले ६७५/६९२
नेका ४०२/३७३
माके १९२/२०३

११. हल्दीबारी गाउँपालिका
राप्रपा ११२७
एमाले ८३१
कांग्रेस ४९३
माओवादी २०६

१२. बुद्धशान्ति गाउँपालिका
कांग्रेस ३३०/२९९
एमाले ३५८/३५०
माओवादी २०४/२२४

१३. गौरीगञ्ज गाउँपालिका
माओवादी केन्द्र ४४०/३२८
नेपाली कांग्रेस ३६९/४०९
नेकपा एमाले ३७३/४१८

१४. बाह्रदशी गाउँपालिका
कांग्रेसः ४९६/४६९
एमालेः ३७९/३८७
माओवादी २९३/२५८
राप्रपा ५३/७०

१५. कचनकवल गाउँपालिका
नेपाली कांग्रेस११६९/८९०
राप्रपा ८६५/१०९५
एमालेः ६१५/५३५

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?