Comments Add Comment

धनकुटामा एमालेको तेस्रो जित, छथरमा शेरबहादुर 

१७ असार, धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा नेकपा एमालले विजयी भएको छ । अध्यक्षमा शेरबहादुर लिम्बुले ३ हजार ३ सय ४९ र उपाध्यक्षमा एमालेकै भीमकला श्रेष्ठले ३ हजार २ सय ८९ मत ल्याएर बिजयी भएका छन् ।

उनीहरुको निकतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बिष्णु पारघरी लिम्बुले १ हजार ५ सय ३१ र केन्द्रकै गीता गुरुङ्ग (लिम्बु) ले २ हजार ७३ मत पाएका छन् ।

६ वटा वडा भएको यो गाउँपालिकामा वडा नं. २ को वडाध्यक्षमा माओवादी केन्द्रका, कृष्ण मगरले अध्यक्ष जितेका छन् । अन्य सबै वडाका वडाध्यक्षमा क्रमशः पोकमान मगर, ज्ञान बहादुर लिम्बु, टेक बहादुर घिसिड,दिल बहादुर थापा र सुरेन्द्र लिम्बुले जितेका छन् ।

१० हजार ७ सय ३७ मतदाता रहेको यो गाउँपालिकामा खसेको ७ हजार ६ सय ७२ मत मध्ये २ सय ७० मत बदर भएको निर्वाचन कार्यालय छथरले जानकारी दिएको छ । यो जीतसँगै धनकुटाको ७ तह मध्ये एमालले ३ तहमा जीत हासिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment