Comments Add Comment

रुपन्देहीको शुद्धोधनको अध्यक्षमा एमालेका किशुनचन्द्र विजयी

१८ असार, भैरहवा । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा एमाले विजयी भएको छ । अध्यक्षमा विजयी एमालेका किशुनचन्द्र चौधरीले ५ हजार ३ सय ७१ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भगवती प्रसाद थारुले ५ हजार १६ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्ष पदमा विजयी एमालेकी शान्तादेवी ज्ञवालीले ५ हजार ३ सय ९० मत प्राप्त गरेकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रामेश्वरी सिंहले ४ हजार ९ सय ५० मत प्राप्त गरेकी छिन् ।

यो नगरमा ७ वटा वडा छन् । वडा नम्बर १ मा संघीय फोरम नेपालका उदयराज गोडरीया, २ मा कांग्रसेका बिष्णुप्रसाद भुसाल, ३ मा एमालेका हेमबहादुर खड्का, ४ मा एमालेका राजेन्द्र काडेल, ५मा एमालेका पुण्यराम गौतम, ६ मा संघीय फोरम नेपालका जयशंकार पाण्डे र ७  नम्मबर वडामा नेपाली कांग्रेसका शिवपुजन बानिया विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment