Comments Add Comment

प्रदेश आकस्मिक कोष र बीउबिजन विधेयक पारित

१० चैत, बुटवल । प्रदेश ५ को प्रदेशसभाबाट दुई विधेयक पारित भएका छन् । एउटा विधेयक दफावार छलफलका लागि बिषयगत समितिमा पठाउने निर्णय भएको छ ।

आइतबार बसेको प्रदेशसभाको बैठकले आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले पेश गरेको प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरति पौडेलले पेश गरेको प्रदेश बीउ बिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।

प्रदेशसभामा सामाजिक विकासमन्त्री सुदर्शन बरालले पेश गरेको खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि प्रदेशसभाको सामाजिक विकास समितिमा पठाउने निर्णय गरेको छ ।

त्यसैगरी बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गरेका छन् भने प्रदेशसभाको अर्थ,उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले प्रदेश औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धि समितिको प्रतिवेदन पेश गरे ।

प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेपनि सो विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्यहरुले सहभागिता जनाएनन् ।

प्रदेशसभाको अर्को बैठक यही चैत्र १८ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment