News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज तेस्रो दिन पनि ललितपुरको भनिमण्डलस्थित पार्टी प्यालेसमा जारी रहने भएको छ।
- एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार हिजो ११८ केन्द्रीय सदस्यले धारणा राखेका थिए र १६ जना अनुपस्थित रहे।
- सबै केन्द्रीय सदस्यले बोलिसकेपछि सचिवालय बैठक बस्ने तयारी छ, र त्यो आज वा भोलि हुनसक्ने आचार्यले बताए।
७ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज तेस्रो दिन पनि जारी रहने भएको छ । बैठक आज बिहान ९ बजेदेखि सुरु हुने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
हिजो ११८ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । १६ जना केन्द्रीय सदस्यहरु अनुपस्थित रहेका छन् । आज बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्ने आचार्यले बताए ।
आचार्यका अनुसार केन्द्रीय सदस्यहरुले धारणा राखिसकेपछि सचिवालय बैठक बस्ने तयारी छ । सचिवालय बैठकपछि केन्द्रीय कमिटी बैठक सम्पन्न हुने आचार्यले बताए ।
एमाले केन्द्रीय कमिटी बैठक ललितपुरको भनिमण्डलस्थित एक पार्टी प्यालेसमा असोज ५ गतेदेखि सुरु भएको थियो । पूर्वनिर्धारित कार्यतालिका अनुसार असोज ७ गते बैठक सम्पन्न गर्ने भनिएको थियो ।
‘सबै केन्द्रीय सदस्यहरुले बोलिसकेपछि मात्र सचिवालय बैठक बस्नेछ । त्यसैले सचिवालय बैठक आज पनि हुनसक्छ, भोलिलाई पनि सर्न सक्छ,’ आचार्यले भने, ‘यदि भोलि सचिवालय बैठक भयो भने केन्द्रीय कमिटी बैठक एक दिन लम्बिने छ ।’
प्रतिक्रिया 4