+
+
Shares

एमाले बैठकमा प्रश्न- कार्यकर्ता विभाजित गरेको जिम्मा सचिवालयले लिने कि कार्यदलले ?

भण्डारीले बैठकमा भने,’ पुनर्गठन भनेको मुल नेतृत्व फेर्न भने भाष्य बनाएर कार्यकर्तालाई पक्ष र विपक्षमा विभाजित गरियो ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १९:०३

६ असोज, काठमाडौं । एमाले केन्द्रीय सदस्य इन्द्रप्रसाद भण्डारीले पार्टी पुनर्गठन कार्यादलका काममाथि प्रश्न उठाउँदै यसले कार्यकर्तालाई झन् विभाजित गरेको बताएका छन् ।

केन्द्रीय कमिटीको बैठकमा उनले मंगलबार धारणा राख्दै कार्यकर्ताहरूलाई विभाजित हुने अवस्था सिर्जना गरेकोमा सचिवालय कि कार्यदलले जिम्मेवारी लिने भन्दै प्रश्न गरेका छन् ।

‘एउटै काम दोहोर्याउँदै,कार्यदलका नाममा नेताहरु तल तल पुगेर सुझाव संकलन गर्ने कुरा नै सरासर गलत थियो,’ भण्डारीले बैठकमा अध्यक्ष ओलीको पक्षमा बोल्दै भने,’ पुनर्गठन भनेको मुल नेतृत्व फेर्न भने भाष्य बनाएर कार्यकर्तालाई पक्ष र विपक्षमा विभाजित गरियो ।’

उनले भूगोलमा रहेका सबै कमिटीहरूले निर्वाचनको समीक्षा प्रतिवेदन प्राप्त भइसकेको अवस्थामा तिनै प्रतिवेदनका आधारमा केन्द्रीय कमिटी एउटा निष्कर्षमा पुग्नु पर्ने बताएका छन् ।

उनले ओलीले पेश गरेको प्रतिवेदनमा भनिएजस्तो राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा एमाले विरुद्धको चलखेल प्रष्ट पारेको बताए ।

पार्टीलाई अझै कमजोर र कार्यकर्तालाई विभिन्न खेमामा विभाजन गर्ने कार्य अब बन्द गर्नुपर्ने उनले बताए । उनले पार्टी सचिवालयको निर्णय भनेर एक खालको अन्तरपार्टी निर्देशन पठाउने र त्यही निर्देशन विपरीत अभिव्यक्ति दिने गरेको भन्दै यस्ता काम बन्द गर्न अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?