+
+

पाल्पाका मतगणना सकियोः ६ स्थानीय तह एमालेको पोल्टामा, माओवादी ‘शून्य’

विजयकुमार बौडेल विजयकुमार बौडेल
२०७४ असार १८ गते १८:३०

१८ असार, पाल्पा । पाल्पाका २ नगरपालिकासहित सबै स्थानीय तहको मतगणना सकिएको छ । अन्तिम परिणाम सार्वजनिक हुँदा एमाले तानसेन नगरपालिका र ५ गाउँपालिका जितेर बहुमत स्थान सुरक्षित गर्न सफल भएको छ ।

नेपाली कांग्रेसले रामपुर नगरपालिका सहित ३ गाँउपालिकामा विजय हासिल गरेको छ भने नेकपा माओवादी केन्द्रले कुनै पनि गाउपालिकामा विजय प्राप्त गर्न सकेन ।

तानसेन नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेले विजय हासिल गरेको छ । प्रमुखमा नेकपा एमालेका अशोककुमार शाहीले १० हजार ४ सय ५० र उपाध्यक्षमा एमालेकै लक्ष्मी पाठक ९ हजार ७ सय ५३ मत ल्याई विजयी भएकी छन् ।

प्रमुखका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अजयमान कर्माचार्य ८ हजार ६७ र उपप्रमुखमा नपाली कांग्रेसकै लालकुमारी रानाले ८ हजार ३ सय ८९ मत प्राप्त गरेका छन् ।

रामपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रमणबहादुर थापा ८ हजार ८ सय ८५ मतसहित बिजयी भएका छन् । प्रतिस्पर्धी एमालेका राजु श्रेष्ठले ७ हजार ६ सय ७६ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा कांग्रेसका विष्णुदेवी आचार्य घिमिरे ८ हजार ५ सय २८ मतसहित बिजयी हुँदा प्रतिस्पर्धी एमालको दुर्गा रानाले ७ हजार ९ सय २४मत प्राप्त गरिन् ।

बगनासकाली गाउँपालिका अध्यक्षमा कांग्रेस-माओवादी गठबन्धनका कृष्ण बस्याल विजयी भएका छन् । उपाध्यक्षमा भने एमालेकी सरस्वती चिदी बिजयी बनिन् ।

बस्यालले ५ हजार ५ सय ९४ र उपाध्यक्षमा नेकपा एमालेका सरस्वती चिदीले ५५०५ मत प्राप्त गरी बिजयी भए । बस्यालका निकटम नेकपा एमालेका देवी बस्यालले ५ हजार ३४६ मत र उपाध्यक्षमा नेकपा माओवादीका कृष्ण भुषालले चार हजार ५६ मत प्राप्त गरे ।

रैनादेवी छहरा गाउँपालिकामा नेपाली कांग्रेसका रामबहादुर कार्की र उपाध्यक्षमा कांग्रेसकै चेतना गाहा विजय भएको निर्वाचन अधिकृत यादवराज शर्माले जानकारी दिए । कांग्रेसका कार्की ५ हजार १ सय ४६ र गाहा ४ हजार ९ सय ४३ मत प्राप्त गरी विजयी भएका हुन् ।

रिब्दीकोट गाउँपालिकामा अध्यक्षमा एमालेका नारायण जिसी र उपाध्यक्षमा एमालेकै लक्ष्मी खनाल विजय भएकी छन् । जिसीले ३ हजार ८३ र खनालले ३ हजार ८८१ मत प्राप्त विजय भए । अध्यक्षका प्रतिस्पर्धी माओवादी केन्द्रका लीलाबहादुर कार्कीले २ हजार ८४८ मत र कांग्रेसका कमला छहरीले २ हजार ८९९ मत प्राप्त गरेका छन् ।

माथागढी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका सन्तोषकुमार थापा विजयी र उपाध्यक्षमा निर्मला भट्टराई विजयी भएका छन् । अध्यक्ष थापाले ६ हजार ९६ मत र उनका प्रतिस्पर्धी एमालेका बिमल काˆलेले ४ हजार २१ मत प्राप्त गरे ।
उपाध्यक्ष भट्टराईले ५ हजार ६२४ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी एमालेका माया चिदीले ४ हजार १ सय १ मत प्राप्त गरिन् ।

तिनाहुँ गाउँपालिकाको अध्यक्षमा एमालेका ओमबहादुर घर्ती २ हजार ८ सय १९ मत ल्याई विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी कांग्रेसका महेन्द्र पाण्डेयले २ हजार ७०७ मत प्राप्त गरे । गाउँपालिकाको उपाध्यक्षमा एमालेका दमयन्ती थापा विजयी भए । उनले २ हजार ८ सय ७५ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी कांग मन कार्कीले २ हजार ६८६ मत प्राप्त गरे ।

पूर्वखोला गाउँपालिकाको अध्यक्षमा एमालेका नुनबहादुर थापाले आठ हजार ८३६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका झमनराज मगरले एक हजार ३२ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेकी भागिरथी भट्टराईले ५ हजार ४सय मत ल्याई विजय भए । उनका प्रतिस्पर्धी कांग्रेसकी पुष्पा गाहाले एक हजार १४३ मत प्राप्त गरिन् ।

निस्दी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मुक्तबहादुर सारु विजयी भएका छन् । उनले ५ हजार ३२० मत ल्याई विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका शालिकराम पाण्डेयले दुई हजार २५३ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेकै रीता अर्याल निर्वाचित भएकी छन् । अर्यालले ५ हजार २ सय ५६ मत प्राप्त गरिन् भने नेकपा माओवादी केन्द्रका बलु गैरेले २ हजार १ सय ८५ मत गरे ।

यसैगरी रम्भा गाउँपालिकाको प्रमुखमा एमालेका बिष्णु प्रसाद भण्डारी ४ हजार ७६७ मतसहित बिजयी भएका छन् । उपप्रमुखमा एमालेका राधा श्रेष्ठ ४ हजार ८०४ मतसहित बिजयी भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?