+
+

जब बुलेट बाइकमा प्रदिपले अश्लेषालाई लिएर हुइकिए..

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १९ गते १४:११


नायिका अश्लेषा ठकुरीलाई बुलेट बाइकमा राखेर जब नायक प्रदिप खड्का स्टेजमा उक्लिए, दर्शकको ताली बज्यो । प्रदिप र अश्लेषाले पनि दमौलीका दर्शकलाई भरपुर मनोरञ्जन दिए । चलचित्र ‘प्रेमगीत २’को १५ जनाको यूनिट अहिले सांगीतिक यात्राका लागि देश दौडाहामा छ ।

दमौली बजारबाट सुरु भएको यात्रा पोखरा, नेपालगञ्ज, बुटवल हुँदै पूर्वका जिल्लामा अगाडि बढ्नेछ । पोखराको झरीको वेवास्ता गर्दै चिप्लेढुंगामा कन्सर्ट आयोजना भयो, जहाँ प्रदिप र अश्लेषाले पानीमा रुझ्दै दर्शकलाई मनोरञ्जन पस्किएका थिए । नेपालगञ्जमा पनि यो टोलीलाई दर्शकको उत्साहजनक साथ मिलेको छ ।

सांगीतिक लभ स्टोरी कथामा तयार भएकाले पनि संगीतलाई नै प्रचारमा अगाडि बढाइएको निर्माता सन्तोष सेनको भनाई छ । रामशरण पाठक निर्देशित यो चलचित्र साउन १३ गतेबाट देशभर रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?