Comments Add Comment

प्राथमिकता प्राप्त क्षेत्रमा बैंकको २५ प्रतिशत लगानी अनिवार्य

२५ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई प्राथमकिता प्राप्त क्षेत्रमा कुल कर्जाको २५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि २० प्रतिशत मात्रै लगानी गर्नुपर्ने व्यवस्था थियो ।

साथै राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रको दायरा पनि फराकिलो बनाएको छ । यसअघि कृषि तथा उर्जा र पर्यटनलाई प्राथमिकता प्राप्त क्षेत्र भन्दै आएकोमा अब औषधि उत्पादन सिमेन्ट र गार्मेटलाई समेत प्राथमिकता प्राप्त क्षेत्र भनेर परिभाषित गरेको छ ।

‘वाणिज्य बैंकहरुलेकृषि क्षेत्रमा १० प्रतिशत, जलविद्युत्मा ५ प्रतिशत, पर्यटन क्षेत्रमा ५ प्रतिशत र बाँकी अन्य प्राथमिकता प्राप्त क्षेत्रमा गरी आˆनो कुल कर्जाको न्यूनतम २५ प्रतिशत कर्जा अनिवार्य रुपमा २०७५ असारसम्ममा प्राथमिकता क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरिनेछ ।’ आइतबार राष्ट्र बैंकले सार्वजनिक गरेको मौदि्रक नीतिमा उल्लेख गरिएको छ ।

साथै विकास बैंकले पनि अब प्राथमिकता प्राप्त क्षेत्रमा १५ प्रतिशत लगानी गर्नुपर्नेछ भने बित्त कम्पनीहरुले १० प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment