+
+

दुई बर्षा तीजको गीतमा यसरी छमछमी नाचे

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २५ गते १५:११


चलचित्र क्षेत्रमा नायिकाद्धय बर्षा राउत र बर्षा सिवाकोटीको राम्रै चर्चा छ । यी दुइविच शितयुद्ध चलिरहेको छ भन्ने खालका समाचार पनि सार्वजनिक नभएका होइनन् । तर, यी दुइ अहिले आफूहरु मिल्ने साथी भएको बताउँछन् ।

यी दुइलाई लिएर म्यूजिक भिडियो निर्देशक तथा संचारकर्मी सुव्रत आचार्यले तयार पारेको एक तीजको गीतको भिडियो सार्वजनिक भएको छ । राजकुमार बगरको शब्द तथा सुदाम थापाको संगीत रहेको यो गीतमा गायिका सिन्धु मल्लको आवाज छ । ‘

अहिलेको तीजैमा नाचौ छमछम’ बोलको यस गीतमा दुइ बर्षालाई नचाउने काम भने नृत्य निर्देशक गम्भीर विष्टले गरेका छन् । दुई बर्षाको दुश्मनीको हल्लालाई झुटो हो भन्ने देखाउन पनि आफूले एकसाथ दुइलाई काम गराएको निर्देशक आचार्य बताउँछन् ।

अर्जुन तिवारीको छायांकन रहेको गीतको भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन् । दुइ बर्षाले पनि एकसाथ काम गर्न पाउँदा खुशी लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?