Comments Add Comment

चिनियाँ र भारतीय दुतावास अगाडि शान्ति समाजको प्रदर्शन

२७ असार, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले मंगलबार चिनियाँ र भारतीय दुतावास अगाडि धर्ना दिएको छ ।

‘युद्ध निषेध : शान्ति विशेष’ भन्ने मान्यतासहित युद्धका कुनै पनि सम्भावनालाई खारेज गर्न र शान्तिलाई प्रवर्द्धन गर्ने अभियानमा रहेको शान्ति समाजल चीन र भारत दुवै देशका सरकारलाई उत्तेजनामा नआई वार्ताको माध्यमबाटै समस्याको समाधान गर्न जोड दिदै धर्ना दिएको हो ।

दिउँसो १ बजेदेखि काठमाडौंस्थित चीनियाँ दुतावास अगाडि र २ बजेदेखि भारतीय दुतावास अगाडि प्रदर्शन भएको थियो ।

धर्नामा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गंगाधर अधिकारी, संस्थापक सदस्य कृष्ण कंडेल, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनीसहित लगायतको उपस्थिति रहेको थियो ।

धर्नाको अन्त्यमा सम्बोधन गर्दै समाजका संस्थापक सभापति कृष्ण पहाडीले शान्तिप्रेमी नागरिकहरुले युद्धलाई बढावा दिने चीन होइन शान्तिलाई प्रोत्साहन गर्ने चीन हेर्न चाहेको र आवेगमा नभई सहयोगात्मक भारतको अपेक्षा गरेको बताए ।

चीनियाँ सत्ता लोकतान्त्रिक नभएको हुदाँ यदाकदा संसय हुने र भारतीय सत्ता लोकतान्त्रिक भएपनि यदाकदा बहकिने तर्फ संकेत गर्दै पहाडीले २ अर्व ६० करोड भन्दा बढी नागरिकहरुवीच कुनै समस्या नभएको र नागरिकहरु युद्ध विरोधी र शान्तिको पक्षपाती भएको उल्लेख गरे ।

हालै चीन र भारतबीच बढ्दै गएको तिक्तताप्रति शान्ति समाजले गहिरो चिन्ता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment