Comments Add Comment

राजपाका पदाधिकारी १३४ जना, केन्द्रीय समिति झण्डै हजार

२८ असार काठमाडौं । मधेस केन्द्रीय छ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीका पदाधिकारी मात्र १३४ जना भएका छन् । केन्द्रीय समिति भने झण्डै हजारको भएको छ ।

दल दर्ताको प्रक्रियामा रहेको राजपाले बुधबार निर्वाचन आयोगले केन्द्रीय समितिको विवरण उपलब्ध गराएको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर छन् भने अन्य ५ दलका अध्यक्ष, अध्यक्ष मण्डलका सदस्य भएका छन् ।

यस्तै पार्टीमा तीन वरिष्ठ नेता, तीन सअहध्यक्ष, ८ वरिष्ठ उपाध्यक्ष छन् भने उपाध्यक्ष २४, महासचिव ३१, सहमहासचिव ३४, सचिव १२, कोषध्यक्ष ५, सहकोषध्यक्ष २, प्रवक्ता ६ र सहायक प्रवक्ता एक जना रहेका छन् ।

राजपाको केन्द्रीय कार्यसमिति ८१५ सदस्यीय छ । जसमा तमलोपाबाट २०५, सद्भावना पार्टीेबाट १६८, तमसपाबाट १३१, रामसपाबाट १०१, नेपाल सद्भावना पार्टीबाट १६० र फोरम गणतान्त्रिकबाट ५० जना रहेका छन् ।

निर्वाचन आयोगमा केन्द्रीय सदस्यहरुको नागरिकता प्रतिलिपि, पार्टी एकता गर्ने निर्णय लगायतका कागजपत्र पनि बुझाइएको राजपाका नेताहरुले बताएका छन् ।

राजपाले हालै मात्र दल दर्ताका लागि आवेदन दिएको थियो । तर, आवश्यक कागज पत्र नपुगेको भन्दै आयोगले माग गरेको थियो । राजपा नेता केशव झाका अनुसार सम्भवत आयोगले आगामी आइतबारसम्ममा दल दर्ता गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment