+
+

गैरकानूनी रुपमा बिक्रीमा राखिएका सुर्तीजन्य पदार्थ नष्ट

विजयकुमार बौडेल विजयकुमार बौडेल
२०७४ असार २९ गते १०:४९

२९ असार, पाल्पा । पाल्पा सदरमुकामलाई सुर्तीजन्य पदार्थ निषेध गराउने अभियान अन्तर्गत सुर्तीजन्य पदार्थ बिक्री वितरणको अवस्थाबारे अनुगमन तीव्र भएको छ ।

तानसेनका बसपार्क, बर्तुंङ र मेडिकल कलेज आसपासमा रहेका होटल तथा किराना पसलहरुमा गरिएको अनुगमनमा ठूलो परिमाणमा अवैध रुपमा विक्रिका लागि राखिएका सूर्तीजन्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको अगुवाइमा विभिन्न पसल तथा होटलहरुमा छड्के अनुगमन भएको हो ।

अनुगमनका क्रममा पसलमा सूर्तीको प्याकेटको बाहिरी भागमा दुवैपट्टी स्वास्थ्यको लागि हानिकारक चिन्ह नभएको पाइएको, खुल्ला रुपमा झाण्डाएर राखिएको, चुरोटका खिली बेच्ने गरेको, होटलमा खानेकुरा व्यवस्थित नराखिएको, दर्ता नगरी सुर्ती जन्य प्रर्दाथ विक्री गरेको फेला परेकोले जफत गरी नष्ट गरिएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए ।

अनुगमनका क्रममा सूर्तीजन्य प्रदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ का बारेमा पसल सञ्चालकहरुलाई जानकारीसमेत गराइएको थियो ।

अनुगमनका क्रममा व्यापारीले कानुन छल्नकै लागि सामान्य ऐन नियम बारे जानकारी नभएको नाटक गर्दै अवैधानिक रुपमा व्यापार गदै आएको भेटिएकोले सामान जफत गरी नष्ट गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत टंकप्रसाद पाण्डेले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?