Comments Add Comment

नवाजुद्दीनले पहिलोचोटि दिए हट किस सिन

गम्भीर भूमिकाका लागि कहलिएका बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकीले आफ्नो आगामी फिल्म ‘बाबूमोशाय बन्दूकबाज’ मा हट किस सिन दिएका छन् । सो फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ ।

फिल्ममा अभिनेत्री बिदिता बेगसँग नवाजको किस सिन समावेश गरिएको हो । ट्रेलर रिलिज भएलगत्तै किस सिनबारे चर्चा हुन थालेको छ । ट्रेलर लन्च गर्ने कार्यक्रममा नवाजले पहिलोपटक यस्तो सिन दिँदा भएको अनुभव सेयर गरेका थिए । उनले यो सिन दिँदा आफू निकै नर्भस बनेको बताए ।

उनले अगाडि भने, ‘मैले पहिलोपटक स्क्रीनमा इन्टिमेट सिन गरेको हुँ । यस्तो सिनको सुटिङ गर्दा मजा आउँदैन रहेछ, बरु मनमा अनेक प्रकारका भावहरु उत्पन्न हुँदा रहेछन् । मलाई यो सिनमा फोकस गर्न निकै गाह्रो भयो ।’

फिल्ममा नवाजका साथमा दिब्या दत्ता र बंगाली अभिनेत्री बिदिता बेगको अभिनय रहेको छ । नवाजले फिल्ममा आफ्नो चरित्र निभाउनका लागि बन्दूक चलाउने विशेष तालिम लिएका थिए । उनले जेम्स बोन्डको थुप्रै फिल्म हेरेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment