Comments Add Comment

मोरङमा कांग्रेस पहिलो, एमालेलाई घाटा


२९ असार, बिराटनगर । स्थानीय तहको निर्वाचनमा एमालेले मोरङ जिल्लामा आफ्नो पुरानो साख जोगाउन सकेन । कांग्रेस भने एमालेको पकडलाई भत्काएर नयाँ इतिहास रच्न सफल भयो ।

एक महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिका रहेको मोरङमा काग्रेसले ९ तहमा नेतृत्व गरेको छ । फोरक लोकतान्त्रिक, संघीय समाजवादी फोरम र माओवादी केन्द्रले एक/एक स्थानीय तह जितेर चित बुझाएका छन् ।

एक उपमहानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिकासहित १७ स्थानीय तह रहेको मोरङमा १ सय ५९ वटा वडा रहेका छन् । कुल ५ लाख ७४ हजार ५ सय मतदाता रहेको यस जिल्लामा ८ सय ३२ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।

कांग्रेस पहिलो शक्ति

स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा मोरङ जिल्लामा नेपाली कांग्रेस पहिलो शतिm भएको छ । बिराटनगर महानगपालिका सहित ९ स्थानमा प्रमुख पद जित्दै कांग्रेस पहिलो शक्ति बनेको हो ।

नेपाली काग्रेसले विराटनगर महानगरपालिकाको प्रमुख र उपप्रमुखसहित पाँच नगरपालिकाको प्रमुख जित हात पारेको छ । त्यसैगरी एक नगरपालिकाको उपप्रमुख र तीन गाउँपालिकाको प्रमुख र दुई उपप्रमुखमा जित हासिल गरेको छ ।

माओवादी केन्द्रले भने रंगेली नगरपालिको प्रमुख र उपप्रमुखमा चित बुझाएको छ ।

यता संघिय समाजवादी फोरमले एक गाउँपालिकाको प्रमुख र उपप्रमुख पद जितेको छ । त्यसैगरी फोरम लोकतान्त्रिकले एक गाउपालिकाको प्रमुख दुई गाउँपालिकाको उपप्रमुख जितेको छ ।

एमालेले मोरङ जिल्ला आफ्नो पकड क्षेत्र दाबी गर्दै आए पनि ए स्थानीय तहको निर्वाचनमा बेलबारी र पथरी शनिश्चरे नगरपालिकाको प्रमुखमा मात्रै सीमित बनेको छ । एमालेले अन्य ६ नगरपालिकाको उपप्रमुख, तीन गाउँपालिकाको प्रमुख, उपप्रमुख जितेको छ ।

पार्टीको दाबी कति सार्थक ?

स्थानीय तहको निर्वाचनमा मोरङ जिल्लामा नेपाली काग्रेसले बहुमत स्थान कटाउने दावी गरेको थियो । कांग्रेसले १७ सीटमध्ये ५१ प्रतिशत बढी अर्थात कम्तिमा ९ स्थान जित्ने लक्षण लिएको नेताहरु बताएका थिए ।

कांग्रेस नेताहरुको दावी अनुसार नै काग्रेसले जित हासिल गरेको छ । कांग्रेसले १७ स्थानीय तह मध्ये ९ तहको प्रमुख जितेको छ । कांग्रेस मोरङका जिल्ला सभापति डिगबहादुर लिम्बुले भनेका थिए ‘हामी मोरङमा कम्तिमा ५१ प्रतिशत स्थान कटाउँछौं, जिल्लामा कांग्रेसले बहुमत स्थानीय तह जित्ने माहौल देखिएको वताएका थिए ।

नेपाली कांग्रेसले मोरङमा आफ्नो दलले जित्ने दाबी गरेका स्थानीय तहमा बिराटनगर, लेटाङ, उर्लाबारी, बूढीगंगा, सुन्दरहरैंचा धनपालथान, सुनवर्ष र कटहरीलगायत थिए । कांग्रेसले दावी गरेका तहमा उसले जित निकालेको छ ।

यता एमालेले जिल्लाका १७ स्थानमध्ये कम्तिमा १० स्थान आफूले जित्ने दाबी गरेको थियो । यद्यपि चुनावी परिणामले एमालेलाई मिक्लाजुङ, ग्रामथान गाउँपालिका र बेलबारी, पथरी शनिश्चरे नगरपालिकाको प्रमुख पदमा चित बुझाउनु परेको छ ।

त्यसैगरी फोरम लोकतान्त्रिकको मोरङका ६ स्थानमा जित्ने दाबी गरे पनि दुई तहको प्रमुखमा चित बुझाउनु परेको छ ।

त्यसैगरी निर्वाचन परिणाम आफ्नो पक्षमा बढी भन्दा बढी आउने दाबी गर्ने दलमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पनि थियो । १७ स्थानीय तहमध्ये उसले पनि ६ स्थानको प्रमुखमा आफूले जित्ने दाबी गरेको थियो ।

संंघीय फोरमका जिल्ला अध्यक्ष राजकुमार यादवका अनुसार उनको पार्टीले मोरङका कटहरी, जदाहा, धनपालथान, रंगेली, सुनवर्षी र रतुवा माईमा फोरमको जित्ने दावी पनि अफापसिद्ध भयो । संघीय समाजवादीले जहादा प्रमुख र उपप्रमुख वाहेको अर्को नतिजा आफनो पक्षमा पर्न सकेन ।

मोरङका १७ स्थानीय तहमध्ये माओवादीले रंगेली, मिक्लाजुङ, पथरी शनिश्चरे, र रतुवामाईमा जित्ने दावी गरेको थियो । यधपि यसले रंगेली बाहेक अन्य तहका आफनो जित सुनिश्चित गर्न सकेन । माओवादी मोरङका अध्यक्ष गोपी अछामीले बिराटनगर महानगरपालिकाको उपमेयरमा आफ्नो पार्टीको जित्ने दाबी गरे पनि त्यो पनि सम्भव हुन सकेन ।

बढी नोक्सानी एमालेलाई

मोरङ जिल्लाको एमालेको विरासतलाई जोगाउन नसकेपछि सवै भन्दा वढी स्थानीय तहको चुनावमा एमालेलाई घाटा भएको छ । विषेश गरी आफ्नो पकड भएका तहमा समेत नतिजा ल्याउन असफल हुनु एव जिल्ला पार्टी अध्यक्ष विनोद ढकाल समेत विराटनगर महानगरपालिकाको मेयरमा पराजित हुनु एमालेलाई ठुलो नोक्सानी भएको विशलेषण गरिएको छ ।

दोश्रो संविधान सभाको चुनावमा निर्वाचन क्षेत्र नम्वर एकमा पार्टीका जिल्ला सचिव ऋषिकेश पोख्रेलले जितेका थिए । सोही निर्वाचन क्षेत्र अन्तर्गत पर्ने रतुवामाई नगरपालिकाको प्रमुखमा एमालेले हार्नुपरेको छ ।

त्यसैगरी ८ नम्वर निर्वाचन क्षेत्र अनतर्गत गर्ने सुन्दर हरैचामा नगरपालिकामा पनि प्रमुख पद एमालेले जोगाउन सकेन ।एमालेका चन्द्र गुरुङले दोस्रो संविधान सभामा जितेको क्षेत्र रहे पनि एमालेले स्थानीय तहको निर्वाचनमा उपप्रमुखमा चित वुझाउनु परेको छ ।

उता ९ नम्वर निर्वाचन क्षेत्र अनतर्गत पर्ने उर्लावारी नगरपालिका विषेशतः एमालेको पकड क्षेत्र भनिँदै आए पनि काग्रेसले एमालेको विरासत ढाल्दै प्रमुख पल जितेको छ ।

पथरी शनिश्चरे नगरपालिकामा भने एमालेले दुवै पद जितेर आफनो पुरानो विरासत जोगाउन सफल भएको देखिन्छ । विगत दोश्रो संविधान सभाको निर्वाचनमा पाँच स्थानमा कांग्रेसले जित हासिल गरेको थियो भने तिन स्थानमा एमालेले र एक स्थानमा माओवादी केन्द्रले जित हासिल गरेको थियो ।

एमालेका जिल्ला अध्यक्ष विनोद ढकालले स्थानीय तहको चुनावको पुरा तयारी गर्न नपाउनु एव उम्मेदवार छनौट अन्तयमा आएर हुनु र पार्टी भित्रै अन्तर कलहका कारण मुख्य कारण भएको बताए ।

चुनावको हार जितको विषयमा अहिले धेरै नवोल्ने भन्दै अध्यक्ष ढकालले भने–पार्टीको वैठकमा चुनावको समीक्षा हुँदा धेरै कुरा उठ्ने छन् ।

पूर्वी उत्तरी मोरङमा विगतका निर्वाचनमा नेकपा एमालेको वर्चश्व रहँदै आएको थियो । ०४९ र २०५४ को स्थानीय निकायको निर्वाचनमा मोरङको पूर्वपश्चिम राजमार्ग आसपास र पहाडी भूभागका सबै गाविसमा एमालेले पकड जमाएको थियो । सुदूरपूर्वी मोरङको घनावस्ती भएको उर्लाबारी नगरपालिकामा विगतका दुईवटै स्थानीय निकायको निर्वाचनमा एमालेले जित हात पारेको थियो ।

मुख्य राजमार्ग आसपासको क्षेत्र वेलवारी, पथरी शनिश्चरे नगरपालिकामा प्रमुख र उपप्रमुख दुबै पद जित्दै यी दुई नगरपालिकामा एमालेले आफनो साखलाई जोगाएको देखिन्छ । यद्यपि एमालेको पकेट क्षेत्र मानिने सुन्दर हरैचा लेटाङ, रतुवामाई नगरपालिकाको प्रमुख पद कांग्रेसलाई एमालेले जिम्मा लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment