+
+

दार्चुलाको सीतापुल भन्सारः ६ महिना प्रहरीको सुरक्षा, ६ महिना तस्करको मनपरी

सन्तोष कोट्टारी सन्तोष कोट्टारी
२०७४ असार २९ गते १७:४२

२९ असार, दार्चुला । त्रीदेशीय सीमाना रहेको दार्चुलाको सीतापुल छोटी भन्सारमा ६ महिनामात्र सुरक्षाकर्मी बस्ने र ६ महिना तस्करको रजाईं हुने गरेको छ ।

त्रीदेशीय सीमानाको आफ्नै सामरिक महत्व हुने गरेको भएपनि दार्चुलाको उत्तर पश्चिमी सीमा क्षेत्र तिंकरमा नेपाली सुरक्षाकर्मीको उपस्थिति वर्षको ६ महिनामात्र हुने गरेको छ ।

उच्च हिमाली क्षेत्रमा हिउँदमा ४ फिटसम्म हिउँ पर्ने भएकाले तिंकरमा बाह्रै महिना प्रहरी राख्न सकिने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी केदार खनालले जानकारी दिए ।

व्याँस गाउँपालिकाको वडा नम्बर १ व्याँसमा बस्दै आएका व्याँसी सौकाहरु पनि ६ महिना व्याँस र ६ महिना जिल्ला सदरमुकाम खलंगा बस्ने गरेका छन् । यसरी उत्तरपश्चिमी सीमा क्षेत्र सुरक्षा र मानविहीन बन्दै गएको मौकामा तस्करहरुका लागि भने ‘चोरलाई चौतारो’ हुने गरेको छ ।

मानव र सुरक्षा विहीन भएपछि तस्करहरुले निर्धक्कसँग वन्यजन्तुको अखेटोपहार, यार्सा गुम्बा जस्ता बहुमूल्य जडीबुटी ओसार पसार गर्ने गरेका छन् ।

तीन भन्सार चेकपोष्ट एक दशकदेखि बन्द, सरकारी राजश्व गुम्यो ।।

दार्चुला सदुरमुकाममा रहेको मूख्य भन्सार कार्यालय झुलाघाँट अन्तरगत रहेका दार्चुला जिल्लाका तीनवटा छोटी भन्सार कार्यालयहरु एक दशक देखि बन्द अवस्थामा छन् । माओवादी शसस्त्र द्वन्दका क्रममा यी भन्सारहरु सुरक्षाका कारण बन्द गरिएका थिए ।

जिल्लाका छोटी भन्सार कार्यालयहरु तिङ्करको सितापुल, दत्तु, र उकुको जौलजिबी छोटी भन्सार कार्यालयहरु बन्द रहेका छन् । २०६३ साल भन्दा पहिलेदेखि नै बन्द रहेका भन्सार कार्यालयहरु पुर्नस्थापना नहुँदा त्यस क्षेत्रबाट विभिन्न अबैध सामानहरु चोरी निकासी हुनुका साथै सरकारी राजश्व गुमिरहेको छ ।

दार्चुला जिल्ला सदरमुकाममा रहेको छोटी भन्सार कार्यालय दार्चुलामा मात्रै हाल भन्सार तिरेर सामानहरु आयात निर्यात हुने गरेका छन् । दार्चुला जिल्लाका अन्य नाकाहरुमा नेपाल भारतर्फ सुरक्षाकर्मीको उपस्थिति भएपनि भन्सार छली गरी विभिन्न सामानमा हुने राज्य कर असुली बन्द भएको छ ।

अहिले मुख्य भन्सार कार्यालय बैतडी जिल्लाको झुलाघाँटमा छ । झुलाघाँटबाट सबै नाकाहरुमा निगरानी गर्न कर्मचारी अभाव भएको झुलाघाँट भन्सार कार्यालयका प्रमुख डिल्लीराज सुवेदीले गुनासो गरे ।

‘बेला बेला विभागमा खबर गर्दा कुनै सुनुवाई भएन, अब नयाँ व्यवस्थामा केही होला ।’ भन्सार प्रमुख सुवेदीले भने ।

यता छोटी भन्सार कार्यालयलाई पनि कर्मचारी अभाव छ । छोटी भन्सार प्रमुख नरसिंह बडालका अनुसार बिकट क्षेत्रमा सितिमिति कर्मचार जान मान्दैनन्, कर्मचारीको अभावमा पनि भन्सार सुचारु हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?